Comments Add Comment

आत्महत्या गर्न नांगै सिंहको खोरमा खसेपछि…

lion attack manआत्महत्या गर्नका लागि मानिसहरु कस्ता कस्ता तरिका अपनाउँछन् ? दक्षिण अमेरिकी देश चिलीको राजधानी स्यान्टियागोका एक सनकी युवाले आत्महत्याका लागि निकै अनौठो तथा डरलाग्दो तरिका अपनाए । तर उनको आत्महत्या गर्ने इच्छा चाहीँ पूरा हुन सकेन ।

२० सालका ती युवक चिडियाखानामा गई जिउका सबै लुगा फुकालेर एकाएक सिंह राखिएको ठाउँमा हाम फाले । सिंहलाई आफ्नो सरीर खुवाएर आत्महत्या गर्ने उनको इच्छा रहेछ ।

फ्रेको लुइ फराडा रोमन नामक ती युवक सिंहको खोरमा झर्नेबित्तिकै सिंहहरुले ऊमाथि आक्रमण गरिहाले । त्यो भयानक दृश्य देखेसँगै चिडियाखानाका सबै मानिस चिच्याउन थाले ।

तत्कालै चिडियाखानाका सुरक्षा गार्ड त्यहाँ पुगे । सिंह भन्दा मान्छेको ज्यानको मूल्य बढि भएको ठाने र तत्कालै सिंहलाई गोली हाने । गोली लागेर सिंह ढलेसँगै उक्त युवकलाई सिंहको खोरबाट बाहिर निकालियो ।

गोली हानेर मार्नुभन्दा पहिले नै सिंहको आक्रमणबाट ती युवक गम्भीर घाइते बनिसकेका थिए । उनलाई तत्कालै अस्पताल लगियो ।

त्यो सनकी युवकको आत्महत्या गर्ने चाहनाका कारण विचरा २  निर्दोष सिंहले गोली खाएर ज्यान गुमाए । मारिएका दुइ सिंहमध्ये एउटा भाले र एएटा पोथी सिंह रहेको चिडियाखानाका निर्देशकले बताएका छन् ।

सिंहलाई गोली ठोक्नुको कारणबारे सफाइ पेश गर्दै चिडियाखानका प्रवक्ताले जनावरको ज्यानभन्दा मानिसको ज्यान मूल्यमान भएकाले आफुहरुले युवकलाई बचाउनका लागि सिंहलाई गोली हानेर मारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment