Comments Add Comment

गोबर ग्यासका प्रयोगकर्ता बढ्दो

१० जेठ, पाल्पा । तानसेन नगरपालिका–९, कन्सरेकी खसीसरा सिंजालीले गोबर ग्यासमा खाना पकाउन सजिलो मान्नुहुन्छ । कम लगानीमा जडान गरेपछि पटकपटक महसुल तिर्न नपर्ने भएकाले गोबर ग्यासको प्रयोग गर्न थाल्नुभएको हो ।

नाकाबन्दीका बेला कहाँबाट ग्यासको जोहो गर्ने भन्ने प्रयोगकर्ता हैरानीमा पर्दा गोबर ग्यासका प्रयोगकर्ता भने मज्जाले खाना पकाएका थिए । त्यसबेला गोबर ग्यास प्रयोगकर्ता चिन्तित देखिएनन् ।

एउटा भैँसीको गोबर र पाँच जना परिवारको दिसाबाट मिथेन ग्यास उत्पादन हुन्छ । त्यही ग्यासलाई नै खाना पकाउन इन्धनको रुपमा प्रयोग हँुदै आएका छन् सिंजालीले । जसले मासिक रु एक हजारदेखि एक हजार ५०० सम्म खर्च हुनबाट जोगिएको सिंजालीले बताउनुभयो । गोबर ग्यासमा खाना बनाउँदा महिलामा स्वास्थ्यसम्बन्धी समस्या न्यून हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

गोबर ग्यासको प्रयोगले यहाँका झन्डै १५० घरपरिवारले खाना पकाउने गर्दै आएको छन् । पाँच सात जनाको परिवारलाई खाना पकाउन सहजै हुने भएपछि यहाँका स्थानीय गोबर ग्यासमा खाना पकाउन आकर्षित हुन थालेकोे हुन ।

एक पटक लगानी गरेपछि पटकपटक लगानी गर्न नपर्ने र वातावरणमैत्री रुपमा खाना पकाउन पाएपछि यहाँका गृहणी पनि खुसी छन् ।  ६५ हजार लगानीमा गोबर ग्यास जडान हुन्छ । एक पटक लगानी गरेपछि पटकपटक महसुल तिर्न नपर्ने भएपछि गाउँलेसमेत सजिलो मान्न थालेको राष्ट्रिय गोबर ग्यास पाल्पा शाखाको जनाएको छ ।

दलित, जनजाति समुदायले गोबर ग्यास जडान गर्दा रु ३३ हजार र गैरदलित समुदायका लागि रु ३० हजार अनुदान सरकारबाट प्राप्त हुने राष्ट्रिय गोबर ग्यास कम्पनीका प्राविधिक चेतनाराण भट्टराईले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment