Comments Add Comment

बजेटबारे बुझ्न रविन्द्र अधिकारीको टोली मधेस पस्यो

सर्लाही, रौतहट, बारा र पर्साको अवलोकन गरिने

Rabindra-Adhikari

१० जेठ, सर्लाही । मधेसमा विकास बजेटको कार्यान्वयन स्थितिबारे अनुगमन गर्न संसदीय विकास समितिको टोली चार जिल्लाको भ्रमणमा निस्किएको छ ।

विकास समितिका सभापति एवं सांसद रविन्द्र अधिकारीको नेतृत्वमा काठमाडौंबाट हिँडेको ९ जनाको टोलीले सोमबार सर्लाहीको मलंगवामा छलफल कार्यक्रम राखेको छ ।

विकास समितिले मंगलबार रौतहट र बारामा छलफलका साथै अवलोकन भ्रमण गर्नेछ भने बुधबार बीरगञ्जमा कार्यक्रम गरिने समितिका सभापति अधिकारीले अनलाइनखबरलाई बताए ।

सर्लाही पुगेका एमाले युवा नेता अधिकारीले भने-‘स्थानीय तहमा बजेटको सही सदुपयोग हुन सकिरहेको छ कि छैन भन्नेबारे निरीक्षण गर्नुका साथै राज्यले पूरा गर्नुपर्ने यहाँका आवश्यकताहरु के के छन् भन्नेबारे हामीले स्थानीय जनतासँग सम्वाद गर्नेछौं ।’

यस अघि विकास समितिले तराईका विभिन्न जिल्लाहरुको भ्रमण गरेर हुलाकी राजमार्गसम्बन्धी अवस्थाको अध्ययन गरेको थियो । हुलाकी मार्गबारे समितिले प्रतिवेदन तयार पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment