Comments Add Comment

जीवन लुइँटेलको म्युजिक भिडियो यूएईबाट सार्वजनिक (भिडियोसहित)

Jeevan-Luitel-UAE

युएई । युएईका रमणीय स्थलमा सुटिङ गरिएको गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो सिउँदो पराईले भरेको दिन, त्यही हो सानु, त्यही हो सानु, म मरेको दिन’ बोलको गीतको म्युजिक भिडियो युएईबाटै सार्वजनिक गरिएको छ ।

गत महिना एक कार्यक्रममा युएई आएका नायक जीवन लुइँटेलले अभिनय गरेको उक्त भिडियोमा युएईमै कार्यरत दुई प्रतिभाशाली मोडलहरु निलम खड्का र मोहन बोगटीको अभिनय देख्न सकिन्छ ।

दुबईको मरिनाको समुद्री किनारमा सुट गरिएको यस म्युजिक भिडियोमा युएईको भौतिक सम्पन्नता, अत्याधुनिकता र वैवभतालाई नजिकबाट अनुभुत गर्न सकिन्छ ।

चर्चित निर्देशक प्रकाश भट्टको अगुवाईमा तयार भएको भिडियोले युएईमा श्रमरत मोडेलहरुको प्रतिभालाई उकास्ने काम गरेको छ । सुगठित शरीरधारी गोरखाका बोगटीले यसभन्दा अघि करिब एक दर्जन भिडियोहरुमा अभिनय गरिसकेका छन् भने खड्काले यसअघि स्वरुपराज आचार्यको एक गीतमा मोडलिङ गरिसकेकी छिन् ।

चर्चित गायकगायिकाहरुका गीत तथा कलाकारहरुसँग मात्र मोडलिङ गर्ने सोच राखेकी खड्काले गायक प्रमोद खरेलकै नयाँ गीत ‘अमृत भनी बिष दियौं, बिषै पनि पिएँ, तिमी मेरै बन्छौै भन्ने पर्खाइमा थिएँ…’ भन्ने मा मोडलिङ गरिसकेकी छिन् ।

यस गीतको भिडियो पनि केही हप्तामै सार्वजनिक गरिने मोडल खड्काले बताएकी छन् । उक्त भिडियोमा मोडल बोगटीका साथमा अनुराग थपलियासँग काम गरेको खड्काले जानकारी दिएकी छन् ।

निर्देशक भट्ट, नायक लुइँटेल र मोडल बोगटीको सपोर्ट र प्रेरणाले गर्दा यो क्षेत्रमा रुचि बढेको मोडल खड्काले बताएकी छन् । नायक लुइँटेलसँग अर्को प्रोजेक्टको रुपमा नेपाली चलचित्रमै काम गर्ने सहमति भएको मोडल खड्काले बताइन् ।

एकनारायण भण्डारीको शब्द तथा संगीतमा सजिएको उक्त गीतको सम्पादन विष्णु शर्माले गरेका हुन् । सगरमाथा डिजिटल प्रालिले २० मेमा सार्वजनिक गरेको भिडियो उत्कृष्ट बनेको निर्देशक भट्टले दाबी गरेका छन् ।

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment