Comments Add Comment

पपुलिस्ट होइन, पपुलर बजेट ल्याउँछौं: अर्थ सल्लाहकार नेपाल

१० वैशाख, काठमाडौं । अर्थ मन्त्रालयका सल्लाहकार प्रा. डा. गोविन्द नेपालले सरकारले पपुलिष्ट नभई पपुलर हुने बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले मुलुक र जनताको आवश्यकता र चाहना बढेकोले बजेटको आकार ठूलो हुने स्पष्ट परे । बजेट चुनावमुखी नहुने भन्दै उनले दलहरुले बजेटले भन्दा पनि जनताको पक्षमा काम गरेमात्रै चुनाव जित्न सक्ने धारणा राखे ।

प्राडा नेपालले आगामि बजेटलाई सबै तह र तप्कालाई छुने विश्वास ब्यक्त गर्दै मुलुकको क्षमता, आवश्यकता र कार्यान्वयनको अवस्थालाई हेरेर बजेट ल्याउने तयारी भइरहेको दाबी गरे । उनले कर्मचारीको तलब बढ्नु आवश्यक रहेको तर्क गर्दै कार्य सम्पादनलाई हेरेर तलब बृद्धि हुने स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले आर्थिक बृद्धि र रोजगारी सृजनामा जोड दिदै पुनःर्निर्माण र पूर्वाधार निर्माणमा लगानी बढाउने गरी बजेट ल्याउनु पर्ने बताए । नेपालमै उच्च मूल्यका बस्तु उत्पादन गरेर निर्यात गर्ने उद्योग स्थापनामा जोड दिनु पर्ने उनको भनाई थियो ।

नेपाल उद्योग बाणिज्य महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले समाजबाद उन्मुख अर्थतन्त्र हुने भनेकोले लगानी आर्कषित हुन नसकेको भन्दै अर्थनीतिको विषयमा सबै दलहरुले स्पष्ट पार्नु पर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment