Comments Add Comment

‘गाजलु’को लण्डन प्रिमियरमा निर्मातासँग श्रृष्टी, अनमोल किन बसेनन् ?

gajalu premier in london
चलचित्र ‘गाजलु’को बेलायतको राजधानी लण्डनमा प्रिमियर शो आयोजना गरिएको छ । प्रिमियरमा सहभागी हुनका लागि निर्माता रोहित अधिकारी, कलाकार प्रशान्त ताम्राकार बेलायत पुगेका थिए । नायिका श्रृष्टी श्रेष्ठ भने केही दिन अगाडिदेखि नै बेलायतमा थिइन् । उनी नाटक मञ्चनका लागि बेलायत पुगेकी थिइन् ।

चलचित्रको प्रिमियर शोबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको निर्माता अधिकारीले बताए । उनका अनुसार दर्शकले चलचित्रको कथावस्तु, प्रस्तुती, कलाकारको अभिनयलाई रुचाएका छन् ।

यता, नायक अनमोल केसी भने चलचित्रको प्रिमियर शो भन्दा केही दिन अगाडि मात्र बेलायतबाट फर्किएका थिए । अनमोललाई निर्माताले शोमा बस्न आग्रह गरेका थिए । तर, अनमोल शोका लागि समय नदिई नेपाल फर्किएका हुन् ।

नेपालमा अनमोलको खोजी भएकाले पनि उनी बेलायत नबसेको निर्माणपक्षको दाबी छ । तर, अनमोल भने ‘ड्रिम्स’ चलचित्रको शो सकेर सोझै नेपाल आएका थिए । उनी नेपाल आएपछि पनि चलचित्रको प्रचारमा खासै देखिएका छैनन् ।
नेपालमा यो चलचित्र जेठ २८ गतेबाट रिलिज हुँदैछ । हेमराज वीसीले यो चलचित्र निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment