Comments Add Comment

धेरै सामाजिक सञ्जाल प्रयोग गर्नेहरु डिप्रेसनको जोखिममा

social-media

सामाजिक सञ्जालमा तपाईंका कति वटा एकाउन्ट छन् ? हालैको एक अध्ययनले सामाजिक सञ्जालमा धेरै एकाउन्ट हुनुले व्यक्तिको मानसिक स्वास्थ्यमा प्रभाव पर्ने देखाएको छ ।

अध्ययनका अनुसार दुई वटा सामाजिक सञ्जाल एकाउन्ट हुनेहरुको तुलनामा सातदेखि ११ वटा एकाउन्ट हुनेहरुमा डिप्रेसन र एन्जाइटीको सम्भावना तीन गुणा बढि हुन्छ ।

‘डिप्रेसन र एन्जाइटीबाट पीडित हुनेहरु धेरैवटा सामाजिक सञ्जालहरुमा रमाउने गरेको पाइएको छ,’ युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल्स अफ हेल्थ एन्ड साइन्सका भाइस चान्सलर ब्रायन ए प्रिम्याकले भने ।

प्रिम्याक र उनको टिमले अमेरिकाका १९ देखि ३२ वर्षभित्रका एक हजार सात सय ८७ जनामाथि सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा डिप्रेसनको विश्लेषणसम्वन्धि स्थापित सिद्दान्त र सामाजिक सञ्जाल प्रश्नावली प्रयोग गरिएको थियो ।

तथ्यांक विश्लेषणपछि अन्वेषकहरुले पत्ता लगाए कि ७ देखि ११ वटा सामाजिक सञ्जाल एकाउन्ट हुनेहरुमा दुई वटासम्म एकाउन्ट हुनेहरुको तुलनामा ३.१ गुणा बढि डिप्रेसनको जोखिम हुन्छ ।

त्यसैगरी उनीहरुमा एन्जाइटीको जोखिम ३.३ प्रतिशत बढि हुन्छ । अनुसन्धानकर्ताहरुले सर्वेक्षणमा सहभागीहरुको जात, लिंग, वैवाहिक सम्वन्ध, आम्दानी शिक्षा तथा सामाजिक सञ्जालमा बिताउने समयको विश्लेषण गरेका थिए ।

बढि सामाजिक सञ्जालको प्रयोगले किन डिप्रेसन र एन्जाइटीको जोखिम बढि हुन्छ भन्ने तथ्य अध्ययनले खुलाउन सकेको छैन । पि्रम्याकले यसबारे थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमा खोलिएका एकाउन्टको संख्याले मात्र नभएर सामाजिक सञ्जालमा बिताउने समयले पनि व्यक्तिको मानसिक स्वास्थ्यलाई असर गर्ने प्रिम्याक बताउँछन् । युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल अफ मेडिसिनले गरेको अर्को एक अध्ययनले युवाहरु जति धेरै समय सामाजिक सञ्जालमा बिताउँछन्, त्यति नै बढि दुखि हुने देखाएको छ ।

अध्ययनमा सहभागीहरुले प्रत्येक दिन औसत ६१ मिनेट र हप्तामा ३० पटक विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पाइएको थियो ।

उनीहरुमध्ये एक चौथाईलाई डिप्रेसनको लक्षण देखिएको अध्ययनमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment