+
+
Shares

धौलागिरि हिमाल आरोहणका गर्न गएका पर्यटक दुई हप्तादेखि सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २२ गते ८:५१

Dhaulagiri-Himalaya२२ जेठ,  म्याग्दी । धौलागिरि हिमाल आरोहणका लागि आएका एक जना विदेशी पर्यटक दुई हप्तादेखि सम्र्पकविहीन भएका छन् ।

म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाट इटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षीय क्रिस्टन विलसन सम्र्पकविहीन भएका हुन् ।

चार जना जोर्डन र अमेरिकनसँगै आरोहणका लागि धौलागिरि आधार शिविर पुगेका विलसन जेठ ४ गतेदेखि सम्र्पकमा छैनन् ।
ट्राभल एजेन्सी, सुरक्षाकर्मी र हेलिकोप्टर परिचालन गरेर खोजी गरे पनि फेला पार्न नसकेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । उनीसँगै गएका जोर्डन र अमेरिकाका नागरिक आरोहण गर्न नसकेर फर्किए पनि उनी एक्लै आधार शिविरमा बसेका थिए ।

मे १७ तारिखका दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनी त्यसयता सम्र्पकमा नरहेपछि खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?