Comments Add Comment

ऋण काढेर धुर्मुस सुुन्तलीलाई ५१ हजार सहयोग

दोहा ।  बिगत तीन वर्षदेखि  वैदेशिक रोजगारीका लागि कतारमा रहेका एक नेपालीले एकिकृत नमुना बस्ती निर्माणमा सहयोग गरेका छन् ।

ramesh karkiधुर्मुस सुन्तलीले निर्माण गरिरहेको उक्त वस्ती निर्माणमा सहयोग पुर्‍याउन दमक, झापा घरभई हमाद एयरपोर्ट दोहामा कार्यरत रमेश कार्कीले साथीभाइसँग ऋण सापटि लिएर ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

२०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको गिरानचौरमा नमुनाबस्ती बनाउन लागिपरेका धुर्मुस सुन्तलीलाई केही मात्रामा भए पनि सहयोग मिल्ने भन्दै उनले ऋण काटेर सहयोग पठाएका हुन् ।

ग्लोबल रेमिट मार्फत कृषि विकाश बैंकको त्रिपुुरेश्वर शाखामा रहेको धुुमर्ुुुस सुुन्तली फाउन्डेसनको खाता नं ०२१०६०१०३३९२००२० मा  जम्मा हुुने गरी शुुक्रबार उनले उक्त रकम रेमिट गरेका हुुन् ।

उनले कतारमा नेपाली कलाकारीतामा लागेका र नेपाली समुदायलाई सहायता गर्न विभिन्न संघ संस्था खोलिएपनि तिनले काम नगरेको आरोप लगाएका छन् ।

निश्वार्थ भावनाले काम गर्नेलाई सहयोग भन्दा पनि कतारमा   राजनीति गर्ने मात्र बढी गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment