Comments Add Comment

वातावरणमा असर नपर्ने गरी विकासका काम गरिन्छः प्रधानमन्त्री

विश्व वातावरण दिवस नेपालमा पनि मनाइँदै

World-environment Day-in-Nepal

२३ जेठ, काठमाडौं । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको  कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणमा असर नपर्ने गरी सरकारले विकास निर्माणका काम गर्ने बताए । उनले वर्तमानमा सुविधा दिलाउने नाममा भविष्यका सन्ततिलाई असर पर्ने गरी सरकारले विकास निर्माणका काम नगर्नेमा विश्वस्त हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले फोहोरलाई आम्दानीको स्रोतको रुपमा उपयोग गर्न नसकेका कारण नगरपालिकाहरु अव्यवस्थित र दुर्गन्धित भएको बताए । उनले वातावरण संरक्षणका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा युएनडिपीकी नेपाल उपनिर्देशक सोफिया केमखाड्जेले वातावरण संरक्षणका दृष्टिले अघिल्लो वर्ष नेपालका लागि निकै उपलब्धिमूलक भएको बताइन् । दीगो विकासको लक्ष्य अनुमोदन, जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा हस्ताक्षर लगायतका कारण अघिल्लो वर्ष सम्झनयोग्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संस्थाहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

World-environment-Day-in-Nepal-Rally-final
बाटो किनारमा थुप्रिएको फोहर छेउँबाट एक विद्यालयले निकालेको चेतनामूलक र्‍याली । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का तारिखका दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा विद्यालय र संघसंस्थाहरुले पनि चेतनामुलक कार्यक्रम आयोजना गरेका छन् ।

वातावरण कानुन जर्नल सार्वजनिक

यसैबीच विश्व वातावरण दिवसको अवसर पारेर वातावरण कानुन जर्नल सार्वजनिक गरिएको छ । वातावरणीय विकास तथा संरक्षण कानून मञ्चले तयार पारेको जर्नल आइतबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले जर्नल सार्वजनिक गर्दै विकसित मुलुकहरुले गरेको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment