२४ जेठ, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थानीयले पर्यटक प्रहरीको माग गरेका छन् । वाग्मती अञ्चल प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार धुलिखेलमा आयोजना गरेको अपराध नियन्त्रणमा नागरिक समाज विषयक अन्तक्र्रियमा उनीहरुले त्यस्तो माग गरेका हुन् ।
स्थानीय फूलमाया तामाङले अहिले पर्यटक झगडा गरेर बस्दा पनि निरीह हुनुपर्ने अवस्था भएको जानकारी दिँदै पर्यटक प्रहरी भए सुरक्षा अनुभव हुने बताए । उनले पर्यटक प्रहरीबाट पर्यटन व्यवसायीलाई पनि सुरक्षाको महसुस हुने जानकारी दिँदै सबै पर्यटक असल नियतका नहुने बताए ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पर्यटक प्रहरी नभए पनि समस्या आए समाधान गर्न प्रशासन तयार रहेको उल्लेख गरे । धुलिखेललाई पर्यटकीय आर्कषणको गन्तव्य मानिन्छ ।
नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले नेपाल प्रहरी प्रमाणमुखी अनुसन्धानमा अभयस्त हुन थालेको उल्लेख गर्दै स्थानीय रुपमा स्थानीय सरकार नहुँदा प्रहरीमाथि भार आएको बताए ।
उनले भूकम्पका कारण क्षतिग्रस्त चौकी पुनः स्थापना हुन नसकेको जानकारी दिँदै कुनै प्रहरीले घुस माग्छ भने त्यसको प्रतिवाद गर्न अाग्रह गरे ।
प्रतिक्रिया 4