Comments Add Comment

सुदूरपश्चिमाञ्चल विश्वविद्यालमा नेविसंघले लगाएको ताला खोलियो

पठनपाठन सञ्चालन

Far-Western-University२४ जेठ, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा लगाइको ताला खोलिएपछि नौ दिन अघिदेखि अवरुद्ध पठनपाठनको कार्य आजदेखि सञ्चालनमा आएको छ ।

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विभिन्न शैक्षिक माग राख्दै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको थियो भने रजिष्ट्रारले सामाजिक सञ्जालमा आफ्ना नेताको अपमान गरेको भन्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले उनीहरूको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

तीन दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले विश्वविद्यालयमा जारी गतिरोध हटाउने सहमति गरेपछि आइतबार तालाबन्दी खोलिएको अनेरास्ववियुका सहसचिव नरेन्द्र कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment