+
+
Shares

अम्बर गुरुङलाई क्यान्सर लागेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते ११:२५

Ambar-Gurung२५ जेठ, काठमाडौं । उपचारका क्रममा निधन भएका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई क्यान्सरसमेत भएको अस्पतालले औपचारिक जानकारी गराएको छ ।

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचारत गुरुङको मंगलबार राति २ बजेर ३७ मिनेटमा निधन भएको थियो ।

मंगलबार विहान अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले परिवारको अनुमतिमा गुरुङको रोगबारे जानकारी गराएका हुन् । पाण्डेका अनुसार सुरुमा खाना पेटमा जान रोकिएपछि अस्पताल भर्ना भएका थिए । त्यसक्रममा क्यान्सर भएको पत्ता लगाएको थियो ।

उनका अनुसार पेटमा प्वाल पारेर खाना पठाउनुका साटो कृत्रिम पाइप राखेर खाना पेटमा पठाइएको थियो ।

तर, त्यही पाइप खुस्किएपछि गत सोमबार उनी अस्पताल भर्ना भएका थिए । र, उपचारका क्रममा त्यो पाइपलाई फेरि राख्न सफल भएको पाण्डेले जानकारी दिए । तर, केही दिन अघि खाना खाने क्रममा फेरि ब्लिडिङ भएको र रगतको कणहरु फोक्सोमा गएपछि निमोनिया भएको थियो ।

डा. पाण्डेले भने, एन्टिवायोटिक दिएर, भेटिन्टलेटरमा राखेर हामीले सक्दो उपचार गरिरहेका थियौं । तर, हामीले सकेनौं, रोगसँग हामी हार्‍यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?