+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मेरै नेतृत्वमा सहमतिको सरकारः प्रधानमन्त्री

'कांग्रेस प्रतिपक्षमा बस्दा अत्तालिनुपर्दैन'

आरपी सुवेदी आरपी सुवेदी
२०७३ जेठ २५ गते १२:३२

KP-Oli-PM२५ जेठ, नेपालगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।

मध्यपश्चिम विश्व विद्यालय सुर्खेतको सिनेट बैठकमा भाग लिन आएका प्रधानमन्त्री ओलीले नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राष्ट्रिय सरकारको कुरा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका लागि विचार र प्रयास भइरहेको बताए । संविधान कार्यान्वयनका लागि पनि आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने गरी प्रयास सुरु भएको बताए ।

‘लोकतान्त्रिक पद्दतिमा सामान्य विरोधहरु आउँछन्, सरकारको विरोध गर्नु प्रतिपक्षको धर्म हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बहुलवादी समाज, बहुदलीय प्रणाली, प्रतिस्पर्धात्मक प्रणाली भएका ठाउँमा विरोधका कुरा उठ्नु अस्वाभाविक होइन ।’

संविधानले नै असहमतिलाई सम्मान गर्ने, विरोध वा प्रतिपक्षको हक सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘अहिलेको देशको आवश्यकताको कुरा गरेका हौं, अहिले राष्ट्रिय सहमतिका साथमा अगाडि बढ्दा राज्यका लागि राम्रो हो ।’

प्रतिपक्षले सहमतिको सरकार बन्दैन, टिक्दैन, खस्छ भनेन भने त्यो अनौठो हुने ओलीले बताए । तर, सहमति बनेर सरकारमा आएपछिको परिस्थिति भने बेग्लै हुने उनको तर्क छ ।

‘अहिले कांग्रेस प्रमुख प्रतिपक्षमा छ,’ प्रधानमन्त्रीले भने, ‘प्रतिपक्षमा भएकाले आफ्नो भूमिका प्रकट गर्दा लोकतन्त्र नै नबुझेको जस्तो गरी अत्तालिनुपर्दैन ।’

प्रधानमन्त्री ओलीका साथमा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही लगायतको टोली नेपालगञ्जबाट सुर्खेत प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?