Comments Add Comment

राष्ट्रिय सरकार पनि मेरै नेतृत्वमाः प्रधानमन्त्री ओली

Kp-oli

२७ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुबीच सहमति भए राष्ट्रिय सरकारको नेतृत्व आफैंले गर्ने बताएका छन् ।

संविधान कार्यान्वयन तथा सम्मुनत नेपाल निमार्णका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि दल सहमतिवाट पछाडि हट्न नसक्ने बताए ।

राष्ट्रिय सहमतिको सरकार निमार्णका लागि नेपाली कांग्रेेसले पनि सहयोग गर्नुपर्ने उनले बताए । प्रमुख विपक्षी कांग्रेससँग मिलेर अगाडी वढ्ने विषयमा सकारात्मक छलफल भएको भन्दै उनले सहमतिको वातावरण वन्दै गएको दाबी गरे ।

१६ बुँदे सहमतिलाई टेकेर संविधान जारी भएको स्मरण गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अहिले पनि दलहरुवीच सहमति आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाको मागलाई वार्तावाटै टुग्याउन सरकार तत्पर रहेको बताए । वार्ताका लागि आफैंले पत्र पठाएको उल्लेख गर्दै उनले अव कुनै पनि वाहाना ननिकाल्न मोर्चाका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment