Comments Add Comment

कलर्सले भित्रायो सुलभ मूल्यको पि-५० स्मार्टफोन, मूल्य साढे ७ हजार

Colours-Pride-P50२८ जेठ, काठमाडौं । कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिजको प्राइड पि-५० स्मार्टफोन बजारमा ल्याएको छ । कलर्सले प्राइड सिरिज कम मूल्यका स्मार्टफोन खोज्ने ग्राहकलाई लक्षित गरेको छ ।

यसमा नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्समल्लो प्रयोग गरिएको छ । यसले ५० प्रतिशत जती कम डाटा बचत गर्ने फिचर रहेको कम्पनीको दाबी छ । यसमा ५ इञ्चको एचडी आइपिएस स्त्रिmन, २२०० एमएएचको ब्याट्री, १ जिबी र्‍याम, ८ जिबी रोम रहेको छ ।

स्मार्टफोनमा १.३ गेगाहर्ज क्वाडकोर प्रोसेसर राखिएको छ । यसको पछाडि ५ मेगापिक्सल र अगाडी २ मेगापिक्सल क्यामेरा जडान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ७ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ ।

‘हामीले बारफोन प्रयोगकर्ताहरुको स्तरोन्नति गर्दै स्मार्टफोन प्रयोग गर्न जोडमा दिने नभई कम मोलमा उत्तम र उत्कृष्ट स्मार्टफोनको व्यापक प्रयोगमा जोड दिन चाहन्छौं’ कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment