Comments Add Comment

सरकारले भन्यो- प्रत्येक घरमा दुईवटा फलफूलका बिरुवा रोप्नु

'सडक किनारा र खाली जमीनमा पनि वृक्षारोपण गर'

ministery-of-local-development, Sthaniya Bikas

३० जेठ, काठमाडौं । देशमा हरियाली बढाउन सरकारले असार, साउन र भदौ महिनामा देशभर वृक्षारोपण गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।

हरेक वर्ष खडेरीको समय बढ्दा पानीको मुहान सुक्न थालेपछि सरकारले नयाँ अभियान चलाउन लागेको हो ।

तीन महिने वृक्षारोपण अभियानमा स्थानीय तहमा रहेका सरकारी तथा गैरसरकारी संघ-संस्था, सामाजिक संस्था र शिक्षक तथा विद्यार्थीहरुलाई परिचालन गर्न निर्देशन दिएको हो ।

स्थानीय निकायलाई परिपत्र गर्दै स्थानीय विकास मन्त्रालयले कम्तिमा एक घरमा दुईवटा फलफूलका विरुवा रोप्न भनेको छ ।

यस्तै सडक किनाराको जमीन तथा सार्वजनिक खाली जमिनमा भूगोल सुहाउँदो जातका विरुवा लगाउन र नजिकको घरबाट ती विरुवाको संरक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसैगरी पानीको मुहान आसपास छहारी हुने विरुवा लगाउन, संरक्षणमा ध्यान दिन परिपत्र गरेको छ ।

स्थानीय विकास मन्त्रालयबाट आइतबार जारी भएको परिपत्रमा सबै सार्वजनिक विद्यालय परिसरमा वृक्षारोपण गर्न र चौतारा, पोखरी भएका ठाउँमा सम्भव भएसम्म बरपिपल रोप्न तथा पोखरीको समेत संरक्षण गर्न निर्देशन दिएको छ ।

यसरी रोप्न आवश्यक विरुवा जिल्ला वन कार्यालयले उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment