Comments Add Comment

निकुञ्ज भ्रमण गर्ने पर्यटक घटे, ८ महिनामा ८९ हजारले भ्रमण

Elephant-Back-Safari-Chitwa

३० जेठ, काठमाडौं । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनले मुलुकको पर्यटन सुस्ताएपछि राष्ट्रिय निकुञ्ज र बन्य जन्तु संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा निकुञ्ज तथा संरक्षण क्षेत्रमा ८८ हजार ७ सय ५७ जनाले भम्रण गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा निकै कम हो । गत आवभरी निकुञ्ज र संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ३ लाख ५५ हजार ५ सय २४ रहेको थियो ।

आव २०६८/०६९ मा सबैभन्दा बढी ५ लाख २० हजार ९२ जना पर्यटकले निकुञ्ज तथा संरक्षण क्षेत्रमा भ्रमण गरेका थिए । त्यस लगत्तै आव २०६९/७० मा पर्यटकको संख्या घटेर ३ लाख ९० हजार ६९० मा झरेको थियो ।

पछिल्ला वर्षहरुमा निकुञ्ज भ्रमण गर्ने पर्यटक लगतार बढिरहेका बेलामा चालु आवमा स्वात्तै घटेका छन् । नेपालका निकुञ्ज तथा संरक्षण क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् ।

Nikunj

चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष पर्यटकका लागि आकर्षक गन्तव्य हुन् ।

नेपालमा १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा बन्यजन्तु आरक्ष, १ वटा शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र रहेका छन् । संरक्षण क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरुको आकर्षण बढ्दो छ ।

निकुञ्ज तथा आरक्ष क्षेत्रमा बन्यजन्तु तथा बोट विरुवासँग रमाउन पर्यटक पुग्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती चढेर जंगल सफारी गर्न वर्षेनी लाखौं पर्यटक पुग्ने गर्छन् । यही निकुञ्जका कारण चितवन मुलुकको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment