Comments Add Comment

चुरे जंगलमा सिकारी र बन रक्षकबीच गोली हानाहान

एक सिकारी पक्राउ, रतुवा र बँदेलसहित ३ थान बन्दुक बरामद

Shikari-Pakrau

३० जेठ, नवलपरासी । नवलपरासी जिल्लाको नयाँ बेलहानी गाविसअन्तर्गत चुरे बन क्षेत्रमा बन रक्षक र सिकारीबीच दोहोरो भिडन्त भएको छ ।

वन रक्षकको टोलीले १ जना सिकारीलाई पक्राउ गरेको छ भने उनको साथबाट ३ थान भरुवा बन्दुक तथा सिकारीहरुले मारेको रतुवा र बँदेल बरामद गरेको छ ।

राष्ट्रिय बन क्षेत्रमा सिकारीहरु गएको सुराकी पाएपछि सहायक बन अधिकृत रबिन्द्रकुमार जीसीको नेतृत्वमा २१ जनाको टोली सिकारी पक्राउ गर्न परिचालन भएको थियो । सो क्रममा दोहोरो गोली हानाहान भएको थियो ।

भिडन्तमा १० जना सिकारीले ४ राउन्ड गोली प्रहार गरेपछि, जवाफी कारबाहीमा बन रक्षकहरुको टोलीले ५ राउन्ड फायर गरेका थिए ।

एक जना पक्राउ परे पनि अन्य ९ जना सिकारीको खोजी जारी रहेको सेक्टर बन कार्यालय अरुणखोलाका प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment