Comments Add Comment

विश्वकै पहिलो सोलार जहाजले पूरा गर्यो अमेरिकाको यात्रा

solar planeपूर्णरुपमा सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाज सोलार इम्पल्स न्युयोर्क पुगेको छ । पेन्सिल्भेनियाको लिहाइ भ्यालीबाट उडान भरेर इम्पल्स न्युयोर्क पुगेको हो ।

स्थानीय समयानुसार शुक्रबार राती उडान भरेको उक्त जहाजले न्युयोर्कमा आफ्नो धेरै समय स्वतन्त्रताको मूर्तिको चारैतर्फको आकाशमा परिक्रमा गर्न तथा त्यसको तस्वीर खिच्नमा बितायो ।

स्टाचू अफ लिबर्टीको नजिक विमान पुगेको बेला उक्त विमानका चालक आन्द्रे बोर्शबर्गले बीबीसीसँग स्याटेलाइट फोनमा कुराकानी गर्दै अमेरिकाको आकाशमा उडान भर्नु निकै महत्वपूर्ण क्षण रहेको भन्दै यहाँ धेरै उद्यमी तथा केही नयाँ काम गर्न चाहने धेरै मानिसहरु रहेको बताए ।

यो सँगै इम्पल्सले आफ्नो अमेरिकाको उडान पूरा गरेको छ । अमेरिकाको यात्रा पूरा गरेसँगै अब यो विमानले आन्ध्र महासागर पार गर्ने आफ्नो साहसिक यात्रा सुरु गर्दैछ । गत वर्ष अवुधावीबाट उडान सुरु गरेर अमेरिका लामो यात्रा गर्दै अमेरिका पुगेको इम्पल्स अब पुनः अबुधावी नै फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment