Comments Add Comment

गजल: तिम्रो साथमा पिएँ

तिमीले थमायौ लिइ हातमा पिएँ

आज मैले तिम्रो साथमा पिएँ

 RakeshKarki aa

चाँदनी किरणको झोलुङ्गोमा झुल्दै

हल्का खुलेको रातमा पिएँ

 

फुलिरह्यौ खुस्बूले भुलिरहेँ म

लस्करै इच्छाको ताँतमा पिएँ

 

मन्द-मन्द पवन मृदु वचन

रमाइलो तिम्रो बातमा पिएँ

 

चम्किए ताराहरु ओढाइ उज्यालो

मुस्काउँदै मज्जाको मातमा पिएँ ।।

– इन्जिनियर राकेश कार्की

लस एन्जेलस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment