Comments Add Comment

अब लाङटाङ मंगलग्रहमा पनि !

३ असार, काठमाडौं । मंगलग्रहमा रहेको एउटा क्रेटर (खाल्टो)को नाम लाङटाङ राखिएको छ । गत वर्षको भूकम्पमा पुरिएको नेपाली गाउँको सम्झनामा अन्तराष्ट्रिय खगोलशास्त्र संघ (आईएयू)ले मंगलग्रहमा रहेको एउटा क्रेटर (खाल्टो)को नाम लाङटाङ राखेको हो ।

Langtang Craterयो नाम राख्न नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका वैज्ञानिक जालिङ डे हासले प्रस्ताव गरेका थिए । जसलाई अन्तराष्ट्रिय खगोलशास्त्र संघले हालै मात्र स्वीकृत गरेको छ ।

उक्त केटरको १२ किलोमिटर ब्यास रहेको मोउन्टेन हाइड्रोलोजी डट अर्गले जनाएको छ ।

सामान्यतया ६० किलोमिटर भन्दा कम ब्यास भएका क्रेटरहरुलाई शहरको नाम दिइन्छ भने त्यो भन्दा ठूलालाई प्रशिद्ध बैज्ञानिक तथा लेखकहरुको नाम दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment