Comments Add Comment

१ लाख १२ हजार भूकम्पपीडितसँग अनुदान सम्झौता, रकम पाउने साढे ४ हजार मात्रै !

Singati Dolakha (1)
३ असार, काठमाडौं । भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका साढे ४ हजार भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा भएको छ । चार हजार ४ सय ९७ जना घरधनिले रकम पाएका हुन् ।

१ लाख १२ हजार ३ सय १३ घरधनीसँग अनुदान सम्झौता भएपनि बल्ल साढे ४ हजार परिवारले पहिलो किस्ताको ५० बजार रुपैयाँ बुझेका छन् ।

यसका लागि २२ करोड ४८ लाख ५० हजार  रुपैयाँ खर्च भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईकाअनुसार रामेछापमा ३६ हजार ९ सय ५६, गोरखामा २३ हजार १ सय ६१, दोलखामा १८ हजार १३, ओखलढुङ्गामा १५हजार १ सय ५१ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा ८ हजार ४ सय ६, धादिङमा ४ हजार ८ सय २४, काभ्रेमा १ हजार ४ सय ७५, सिन्धुलीमा ११ सय रसुवामा १५ सय ६४, नुवाकोटमा १५ सय ८८ र मकावनपुरमा ७५ जना घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment