Comments Add Comment

दुई घन्टा पैदल हिँडेर एक गाग्रो पानी

४ असार, पाल्पा। सोमादी गाविस–५, कोलधारास्थित सुन्दरडाँडामा खानेपानीको मुहान सुक्दा पिउने पानीका लागि स्थानीय जनता दुई घन्टा पैदल हिँड्न बाध्य छन् ।

water-problem-at-Kirtipur-Kविश्वकर्मा समुदायको बस्ती रहेको यस भेगका मान्छेले जुकेखोलाबाट पानी बोकेर प्रयोग गर्दै आएका छन् । सोमादी गाविस–५ का स्थानीय बासिन्दा बीना सुनारका अनुसार अहिले दुई–तीन घन्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ ।

“डाँडामा बस्ती भएकाले पानीको समस्या नै थियो, यसपालि लामो खडेरीले गाउँका मुहान सुकेका छन्, जुकेखोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता छ,” बीना सुनारले बताइन् ।

“रित्तो गाग्रो बोकेर ओरालो बाटो जानुपर्छ, पानी भरिएको गाग्रो बोकेर उकालो हिँड्नु पर्दा निकै समस्या हुने गर्छ,” सुनारले भनिन् ।

बस्ती नजिकैको खानेपानी मुहान सुकेर एक गाग्रो पानीलाई एक रात बिताउँदै आएको स्थानीयवासीको भनाइ छ । जिल्ला सदरमुकाम तानसेन नपा, मुझुङ, सोमादी, छहरा, भुवनपोखरी, भैरवस्थानलगायत दर्जनौँ गाविसमा पानीको निकै समस्या रहेको छ ।

खानेपानीको मुहान सुक्दा घर तथा गोठ निर्माणमा समेत पानीको जोहो गर्न कठिनाइ भइरहेको छ । झन्डै ३०/४० घर भएको यो बस्तीमा पानीलगायत आधारभूत आवश्यकताका अभावमा बर्सेनि गाउँबाट विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । छ घर परिवार गाउँबाट विस्थापित भई तराई सरेका हुन् ।

सोमादी गाविस–५ का स्थानीय बासिन्दा राजेन्द्र विश्वकर्मा गाउँमा आधारभूत आवश्यकता परिपूर्ति नहुँदा विस्थापितको सङ्ख्या बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment