Comments Add Comment

अनमोलको सबै फिल्ममा नायिका नयाँ, के उनी सिफारिश गर्छन् ?

anmol kc
५ वटा चलचित्रको यात्रालाई हेर्ने हो भने नायक अनमोल केसी यसअर्थमा लक्की मानिएका छन् कि, उनको कुनै पनि चलचित्रमा नायिका दोहोरिएका छैनन् । अनी, कुनै पनि चलचित्रमा नायिका पुराना छैनन् । सबै चलचित्रमा नयाँ नायिकाले अनमोलसँग रोमान्स गरिरहेका छन् ।

यो संयोग हो कि अनमोलको सिफारिश ? अनलाइनखबरसँगको एक भेटमा यी यूवा स्टारले भने-‘यो एउटा संयोग मात्र हो । मलाई सबै नायिकासँग काम गर्न मन छ । तर, हरेकमा नयाँ नै नायिका देखिएका छन् ।’

उनले कुनै पनि चलचित्रमा आफूले नायिका सिफारिश नगरेको पनि स्पष्ट पारे । चलचित्र बजारमा अनमोलले नायिकादेखि अन्य कलाकार, गीतसंगीत पनि आफ्नै शैलीको हुनुपर्छ भन्ने अडान राख्ने गरेको चर्चा चल्ने गरेको थियो ।

अनमोलले कुनै पनि सिक्वेल चलचित्रमा काम गरेका छैनन् । यसको कारण भने के होला ? अनमोल भन्छन्-‘यो सहि हो कि मैले सिक्वेलमा काम गरेको छैन र गर्दिन पनि । यदि गरिहाले भने पनि त्यो चलचित्रलाई मैले नै ब्रान्डिङ बनाएको हुनुपर्छ ।’ अरुले ब्रान्डिङ बनाइसकेको चलचित्रमा आफूले काम नगर्ने अनमोलको भनाई छ ।

अनमोल अहिले नयाँ चलचित्र ‘कृ’का लागि पूर्व तयारि गरिरहेका छन् । यो चलचित्रमा उनले २० लाख पारिश्रमिक लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment