Comments Add Comment

यी हुन् घरमा सम्बन्ध बिगार्ने बलिउड कलाकार

amisha-and-amitabhमुम्बई । हिन्दी फिल्म ‘कहो ना प्यार है’ वाट बलिउडमा डेब्यु गरेकी अमिषा पटेल सोही फिल्मवाट चर्चामा आइन् । एकाएक दर्शकको विचमा लोकपि्रय भएकी अमिषा परिवारका सदस्यविचमा भने लोपि्रय हुन सकिनन् ।

मुम्बइको एक गुजराती परिवारमा जन्मेकि अमिषाको परिवारका सदस्यसँग अहिले पनि राम्रो सम्बन्ध छैन ।

किनकी आफुले दिएको पैसाको सहि सदुपयोग गर्न नसकेको भन्दै अमिषाले आफ्नै बुबा बिरुद्ध १२ करोड तिर्नुपर्ने भन्दै मुद्दा दायर गरेकी थिइन् ।

अहिले यो मुद्दा टुंगिइसकेको छ । तर पनि घरका मान्छेसंग उनको सम्बन्ध राम्रो छैन ।

सुरवीन चावला

‘हेट स्टोरी गर्ल’ बनेर चर्चामा आएकी पञ्जाबी नायिका सुरवीन चावलाको पनि घरका मान्छेसँग राम्रो सम्बन्ध छैन । घरका मान्छेसँग उनको सम्बन्ध बिग्रनुको कारण बनेको छ उनैले अभिनय गरेको फिल्म ‘हेट स्टोरी’ ।

उक्त फिल्ममा उनले दिएको बोल्ड सिन हेरेर केहि दर्शक त खुसी भए होला तर, घरका मान्छे निकै रिसाए ।

अमिताभ बच्चन

अभिनेता अमिताभ बच्चनको भाई अजिताभ बच्चनसँग राम्रो सम्बन्ध छैन । पुस्तक लेखने कुराले उनीहरुको सम्बन्ध बिगि्रएको थियो ।

अजिताभले बायोग्राफी लेखेर आफ्नो खान्दानको वारेमा जानकारी गराउन चाहेका थिए, जुनकुरो अमिताभले मन पराएनन् । त्यसपछि अजिताभ अमिताभसँग रिसाएका थिए ।

तला मंगेशकर

बलिउडका चर्चित गायिका लता मंगेशकर र उनकी बहिनी आशा भोसलेको पनि सम्बन्ध राम्रो छैन । आशा भोस्लेले आफुलाई समस्या पर्दा सहयोग नगरेको गुनासो लता मंगेशकरले गर्दै आएकी छिन् ।

देओल परिवार

देवल परिवार बलिउडको प्रतिष्ठित परिवार मानिन्छ । सौताने बहिनी इशा देवलको विवाहमा सनी र बबी देवल नगएपछि उनीहरुको सम्बन्ध खराब भएको दर्शकले समेत थाह पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment