Comments Add Comment

कर्णाली बचाऔं अभियानले युएईको दूतावासमा बुझायो ज्ञापनपत्र

Karnali-Bachau-Aviyan-UAE

युएई । कर्णाली बचाउका अभियन्ताहरुले आज असार ७ गते युएईको दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । कार्यवाहक राजदुत नेत्र टण्डनलाई कर्णाली सम्झौताको बिबादास्पद र राष्ट्रघाती बुँदाहरुसहित भारतको जिएमआर कम्पनीसंग गरिएको कर्णाली सम्झौता खारेज हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको अभियन्ता ईश्वर अर्यालले बताएका छन् ।

अन्य उपस्थित सहभागीहरुमा युएईमा कार्यरत अमित अधिकारी र लक्ष्मी मणी नेपाल लगायतका अभियन्ताहरु थिए । स्मरण रहोस् सामाजिक संजालमा हाल कर्णाली बचाऔं अभियान तीव्र रुपमा फैलिइरहेको छ ।

सो क्रममा युएईका लागी नेपालका कार्यवाहक राजदूतले कर्णाली मात्र नभई देशको राष्ट्रियता संग जोडिने सबै सम्झौताहरुमा संबेदनशीलता अपनाउनु पर्ने आवश्यकता रहेको र त्यसको लागी अहिलेका युवापुस्ताहरुको भावनालाई पनि सम्बोधन गर्नु पर्ने बताएका थिए । कर्णाली नेपालीको आफ्नै लगानीमा बने मात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुनुपर्ने मागमा आफ्नो सहमती भएको र सो ज्ञापनपत्रमा तोक लगाएर सम्बन्धित निकायमा पठाइदिने समेत का.वा. राजदुत नेत्र टन्डनले बताएका छन् ।

अभियन्ता ईश्वर अर्यालले आफूले बाह्य लगानीको बिरोध नगरेको तर बाहिरी लगानी भित्र्याउँदा राष्ट्रियतामा खलल पुर्याउने खालको सम्झौता कुनै पनि स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै सम्झौताको पिडिएमा भएका कर छुट दिने, बिबादित कुराहरु सिंगापुरको अदालतबाट छिनोफानो गर्नुपर्ने, ४१८० मेगावाटको सम्भाव्यतालाई खारेज गर्ने लगायतका बुँदाहरुमा अभियानको असहमती रहेको कुरा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment