+
+

न्यायाधीशले मुद्दा नहेरेको भन्दै वकिल नै आमरण अनशनमा !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते ५:५२

Court९ असार, काठमाडौं । आफूले दर्ता गरेको सार्वजनिक सरोकारको एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनवाई गर्न विलम्ब गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट आमरण अनशनमा बसेका छन् ।

न्यायपरिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि गरेको सिफारिस गैरसंवैधानिक दाबी गर्दै दायर गरेको रिट निवेदन अदालतले नियतवश सुनुवाइ नगरेको भन्दै उनी अनशनमा बसेका अाजको राजधानी दैनिकमा समाचार छ ।

अपूर्ण न्यायपरिषदले सर्वोच्च अदालतमा सिफारिस गरेका नौ स्थायी न्यायाधीशको नियुक्ति प्रक्रिया रोक्न मागसहित दायर रिटलाई सर्वौच्च अदालतले ११ पटकसम्म स्थगित गरेर जानीजानी प्रयोजनहीन बनाउन लागेको उनको आरोप छ । उनले आफ्नो मुद्दालाई १४ पटक पेसी सूचीमा राखेर पनि सुनुवाइ नगरिएको बताए ।

उनी नेपाल बार एसोसिएसन परिसरमा पाल टाँगेर अनसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?