Comments Add Comment

फिल्म पाएपछि स्कुल छोडेकि थिइन् काजोलले

Kajol 810

मुम्बई । हिन्दी चलचित्र ‘बेखुदी’मा सम्झौता गर्दा काजोल १६ वर्षकी थिइन् । स्कुल पढ्दै गरेकी काजोलले सोही फिल्ममा काम गर्नका लागि स्कुल छोडिन् । उनले सेन्ट जोशेफ स्कुल पढेकी थिइन् । स्कुल पढ्दा नृत्यमा विषेश रुची थियो उनको ।

उनी भगवान शिबालाई निकै मान्छिन् । ओम लेखेको औँठी कहिल्यै छोड्दिनन् । हिन्दी चलचित्र ‘बाजीगर’वाट उनी चर्चामा आएकी थिईन् ।

शाहरुख र काजोजको जोडी सर्वाधिक सफल जोडीको रुपमा चिनिन्छ बलिउडमा । उनीहरुले अभिनय गरेको कुनै पनि फिल्म असफल भएको छैन । बाजीगर, करण अर्जुन, दिलवाले दुल्हनिया ले जाएँगे, कुछकुछ होता है, कभी खुसी कभी गम, माई नेम इज खान लगायतका फिल्ममा अभिनय गरेका छन् ।

काजोलको बुबा शोमु मुखर्जी निर्माता/निर्देशक हुन् । उनकी आमा तनुजा, काकी नुतन, हजुरआमा शोभना पनि आफ्ना समयका चर्चित नायिका हुन् ।

काजोल स्पष्टवक्ताको रुपमा चिनिन्छिन् । जे मनमा आउछ प्याच्चै भन्ने बानी छ उनको । हिन्दी चलचित्र ‘गुण्डाराज’ को सेटमा काजोल र अजय देवगणको रोमान्स सुरु भएको थियो ।

काजोल र अजयको ब्यबहार एक अर्कासंग मिल्दो छ । उनीहरुको विवाहताक कतिपयले भनेका थिए ‘यो जोडीको विवाह लामो समय टिक्दैन’ अहिलेसम्म उनीहरुको सम्बन्धमा कुनै समस्या देखिएको छैन ।

काजोल करण जौहरलाई आफ्नो लक्कि निर्देशक मान्छिन् । सोही कारण उनी जौहरको प्राय फिल्ममा अभिनय गरेकै हुन्छिन् ।

चलचित्र ‘कुछ कुछ होता है’को सुटिङको क्रममा काजोल साईकलवाट लडेर दुर्घटनामा परेकी थिइन् । वीर जारा, मोहब्बते, चलते चलते, दिन तो पागल है, ३ इडियट्स लगायका फिल्मवाट आएको प्रस्ताब उनले अस्वीकार गरेकी थिईन् । पद्यमश्री अवार्डवाट सम्मानित काजोलले ६ पटकसम्म फिल्म फेयर अवार्ड पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment