Comments Add Comment

नेपाल भित्रियो सडक निर्माणको सस्तो र भरपर्दो प्रविधि

anik overseas (2)
९ असार, काठमाडौं । अनिक ओभरसिजले नेपालमा सडक निर्माणका लागि कम खर्चिलो र विश्वसीय नयाँ प्रविधि भित्र्याएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै ओभरसिजले आफूले भित्र्याएको प्रविधि ‘आर्क-८८’ सडक निर्माण प्रविधिबारे जानकारी दिएको छ ।

पानी प्रतिरोधक आर्क-८८ केमकिल प्रयोग गरेर सडक निर्माण गर्ने प्रविधि नेपाल आएको हो । अष्टट्रेलियासहित अर्जेन्टिना, चिली, इन्डोनेसिया, फिलिपिन्स लगायत दर्जनौं मुलकुमा प्रयोगमा आइसकेको प्रविधिलाई ओभरसिजले नेपाल भित्र्याएको हो ।

ग्रामीण तथा रणनजीतिक सडकहरु वर्षा लाग्नासाथ बिग्रने र हिलाम्य हुने क्रम रोक्न यो प्रविधि प्रभावकारी हुने ओभरसिजका निर्देशक प्रकाकशकुमार टिवडेवालले बताए ।

माटो र ग्राभलमा केमिकल मिसाएर सडक निर्माण गर्दा यसले बलियासँग समात्ने भएको कम्तिमा एकपटक बनाएको ग्रामीण सडक ५ वर्षसम्म टिक्ने कम्पनीको दावी छ । तर, तेस्रो वर्षमा सडकको सामान्य मर्मत भने गर्नुपर्नेछ ।

प्रविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले नेपालमा ग्रामीण सडकमा नयाँ प्रविधिको प्रयोग अत्यावश्यक भएको बताइन् । परम्परागत सडक निर्माण प्रविधिले वषौं करोडौं बजेट पानीले बगाएर लागिरहेको भन्दै उनले नयाँ प्रविधिको प्रयोगमा सरकार तयार रहेको बताइन् ।

कार्यक्रममा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक रामकृष्ण सापकोटाले नयाँ प्रविधिको प्रयोग नभइका कारण नेपालमा सडक निर्माणको पद्धती पुरानै रहेकाले नयाँको प्रयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख टिवडेवालले विकसित देशमा प्रयोग भइरहेको पद्धती नेपालमा प्रयोग ल्याउँदा कुनै समस्या देखिए आफू नैतिक रुपमा त्यसको जिम्मेवारी लिन तयार भएको बताए ।

यो प्रविधिको प्रयोग गर्दा सडकको आयु बढ्ने र निर्माण लागत निकै घट्ने भएकाले यसको प्रयोग थाल्न सकिने राज्यले ठूलो लाभ लिनसक्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment