Comments Add Comment

न्यूक्लियर्स सप्लायर्स ग्रुपको सदस्यता लिन भारत असफल

nsg-seoul-2016

११ असार, काठमाडौ । न्यूक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी)मा संलग्न हुने भारतको प्रयास असफल भएको छ ।

सोलमा भएको एनएसजीको विशेष सत्रमा ब्राजिल र स्विट्जरल्याण्ड जस्ता देशहरुले भारतलाई सहयोग गरेनन्, जसले २००८ मा भारतको समर्थन गरेका थिए ।

यो पटक भारतले छ महिनादेखि लबिङ थालेको थियो । तर, उसको अपेक्षा अनुसार अमेरिकाले पनि माहौल बनाउन प्रयास गरेन ।

२००८ मा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज बुशले भारतलाई एनएसजीको सदस्य बनाउन निकै पहल गरेका थिए । र, न्यूजिल्याण्ड, स्विटजरल्याण्डसहितका देशमाथि दबाव दिएका थिए । तर, यो पटक त्यस्तो भएन ।

भारतले ब्राजिललाई पनि हल्का रुपमा लियो । चीनसँग पनि भारतको सम्वन्ध राम्रो हुन सकेन । बरु दुरी बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment