Comments Add Comment

हत्याको संलग्नको आरोपमा दुई जना पक्राउ

८ चैत,  कैलाली । बैतडीका हर्कबहादुर भण्डारीको हत्यामा संलग्नको आरोपम दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका ४ स्थित सडकमा हत्या गरी फालिएका दशरथ चन्द नगरपालिकाका भण्डारीको हत्यामा संलग्नको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले २४ वर्षीय धिरज भनिने पुन्टु भाट र २३ वर्षीय गोविन्द आउजी रहेको प्रहरीले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका बस्कोटका स्थायी बासिन्दा भाट हाल कञ्चनपुरको देखतभुली—४ ढक्का शिविरमा बस्दै आएका थिए । आउजी गोदावरी नपा—६ लालपुरका स्थायी बासिन्दा हुन् ।

भण्डारीको पैसा लुटपाट गर्ने क्रममा हत्या गरेको उनीहरुले बयान दिएको प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए ।

अघिल्लो दिन मारेर मारेर फालेका भण्डारीको शव चिनिने डरले दोस्रो दिन अनुहार क्षतविक्षत बनाएको समेत उनीहरुले बताएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment