मुम्बई । पछिल्लो समय बलिउडकी सर्वाधिक सफल नायिकाको रुपमा चिनिन्छिन् प्रियंका चोपडा । बलिउडमा सफलता पाएपछि हलिउड फिल्ममा रमाईरहेकी पि्रयंकाले कार्यक्रममा उपस्थित हुँदा नर्भस हुन्छु भनिन् भने विश्वास नलाग्न सक्छ ।
तर, स्पेनको म्याडि्रडमा चलिरहेको १७ औं इन्टरनेशनल इण्डियन फिल्म (आईफा) फेष्टिवलमा आफु नर्भस भएको बताएकी छिन् । ‘हो म कार्यक्रममा प्रस्तुत हुँदा नर्भस भएँ’ उनले भनेकि छिन् । पहिलो पटक गीत गाउने कार्यक्रम रहेकाले नर्भस भएको उनको भनाई थियो ।
चार दिवसिया यो फेष्टिवल आईतवार सम्पन्न हुने भएको छ । समारोहमा प्रियंकाले आफ्ना प्रसंसकसंग कुरा कानी गरेकी थिइन् । हलिउड टिभी शो क्वान्टिकोमा अभिनय गरेकी प्रियंकाले हलिउड फिल्म बेवाचमा काम गरेकी छिन् ।