Comments Add Comment

नेपाली दूतावास र रोजगार ब्यवसायीबीच जुहारी

क्वालालम्पुर । मलेसियास्ति नेपाली दूताबास र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच जुहारी सुरु भएको छ । श्रममन्त्री दिपक बोहोरासँग गएका व्यवासायीलाई मलेसियाका मानव संशाधन मन्त्रीसँगको भेटमा सहभागी नगराएपछि विवाद सुरु भएको हो । 

Niranjan-Man-Sing-Basnyatव्यवसायीहरुले मलेसियास्थित नेपाली राजदूत निरन्जन मान सिं बस्न्यातलाई फिर्ता बोलाउने माग गरे ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भिएलएन, बायोमेटि्रक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूते साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाएका थिए ।

त्यसको भोलिपल्ट नेपाली दूताबासले विज्ञप्ति निकालेर खण्डन गरेको छ । राजदूतको नाम जोडेर लगाइएको े आक्षेप दुराशयपूर्ण, कपोलकल्पित र आधारहिन छन्, विज्ञप्तीमा भनिएको छ ।

कुनै पनि दुई देशवीच हुने द्धिपक्षिय वार्ता तथा बैठकहरुमा निजी क्षेत्रलाई सामेल गराउने अन्तराष्ट्रिय प्रचलन नरहेको र मलेसियाको सरकारी पक्ष नै सहमत नभएकाले मलेसियाका मानव संशाधन मन्त्रीसँगको वार्तामा व्यवसायीहरुलाई संलग्न नगराइएको दूताबासले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment