Comments Add Comment

संसद बैठकः कांग्रेस सांसदले नबोली गुजारे एक मिनेट

मधेसी मोर्चासँग तत्काल वार्ता गर्न आग्रह

२१ असार, काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग तत्काल वार्ता गरेर संविधान कार्यान्वयन हुने वातावरण बनाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

CA-BUILDINGव्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा शून्य र विशेष समयमा भाग लिएका सांसदहरुले मधेसी मोर्चाका नेताहरुसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मोर्चासँग वार्ता नगरिनुले संविधानको कार्यान्वयनबारे सरकारको नियतमाथि नै आशंका उब्जिएको बताए ।

सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले मोर्चाको मागबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शून्य र विशेष समयमा सांसदहरुले उठाएका आवाजका विषयमा सरकारले ठोस जवाफ नदिएको विरोधमा आफूले पाएको एक मिनेटको समय नबोलीकन गुजारेका थिए ।

बैठकमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद् रामनारायण बिडारीले जनताले भोग्नुपरेका समस्याप्रति सरकार, राजनीतिक दल र कर्मचारी प्रशासन कोही पनि गम्भीर नरहेको बताए । उनले नेताहरु जनताका समस्याप्रति भन्दा धन आर्जन गर्ने र लुटपाट मच्चाउनेमा केन्दि्रत भएको आरोप लगाए ।

बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले संसद बैठकलाई बाढीपहिरो र डुबानका घटनामा भएका क्षतिको विवरण सुनाउने थलो बन्न नदिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment