Comments Add Comment

३५ गाविसका वडा नै अर्कै गाविसमा !

२२ असार, काठमाडौं । मुलुकको आन्तरिक सीमांकन भद्रगोल हुँदा ८ जिल्लाका ३५ गाविसका भू भागहरु अन्य गाविसको बीचमा रहेको पाइएको छ ।

Mahottari-Mapस्थानीय निकाय पुनः संरचना  आयोगका अनुसार तराईका ८ जिल्लाका यी गाविसहरुको वडा र भूभागहरु अन्य गाविसको बीचमा टापुजसरी रहिरहेको पाइएको छ ।

अायोगले स्थानीय निकाय पुनः संरचनाका लागि देशभरका नक्सा अध्ययन गर्दा गाविसको मुख्य क्षेत्रको सीमासँग कतै नछोएका वडारु अरु गाविसहरुमा छरिएर रहेको पाइएको आजको कारोबार दैनिकमा समाचार छ ।

आयोगले बाराको बच्चन पूर्वहवा गाविसमा ५ टुक्रामा भेट्टाएको छ । बच्चन पूर्वहवाको ६ वटा वडा सिहसनी, अमाव र रामपूर्वा गाविसको बीचमा रहेको आयोगका भौगोलिक सूचना प्रणाली विज्ञ शंकरराज पाठकले बताए । उनका अनुसार बाराको विसुनपुर, कौरया र हर्दिया गाविस ३ /३ टुक्रामा विभाजित रहेको पाइएको छ ।

सिसहनी, अमावा र रामपूर्वा गाविसको बीच बीचमा बच्चनपूर्वहवा गाविसको वडाहरु छन्, उनले भने, जवकी ती वडाहरु बचचन पूर्वहवा गाविसको कूनै पनि सीमासँग जोडिएको छैन ।

अहिले भएका ३१५७ मध्ये ३५ गाविसका वडाहरु छिन्नभिन्न अवस्थामा भेटिएका छन् । पाठकका अनुसार बाराकै अमाव, बन्जरिया, कवाही जव्दी, महेन्द्र आदर्श लगायको गाविसको २ वटा वडा अरु गाविसभित्र पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment