Comments Add Comment

शशांकको स्वास्थ्यमा सुधारको संकेत, आँखा खोले

Dr Shashank Koirala

२२ असार, काठमाडौं । ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधारको शंकेत देखिएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको भन्दै डा. लव जोशीले भने,’भोलिसम्म यहि अस्वस्थामा राख्न सकियो भने सुधार मान्न सकिन्छ ।’

उनका अनुसार कोइरालाको आँखा खोलेका छन् र बोलाउँदा थाहा पाए जस्तो गरेका छन् । यसलाई होसमा आएको मान्न सकिने डा. जोशीले बताए । उनले भने, ‘उहाँलाई अहिले पनि मेकानिकल भेन्टिलेटरमा राख्नु परेकाले उहाँले लठि्ने औषधि दिएका छौं । त्यसका बाबजुत हामीले बोलाउँदा उहाँले आँखा हेर्नु भएको छ ।’

[sam_list]  उनले अघि भने, ‘बाहिर उहाँको ब्रेन डेथ भइसक्यो भन्ने हल्ला चल्यो । तर, हामीले डाक्टरसा’ब, सर भनेर बोलाउँदा आँखा खोल्न सक्नु भएको छ । भनेको उहाँले सुन्नु भएको छ र केही रेस्पोन्स गर्नु भएको छ । यो सकारात्मक र ठूलो उपलब्धि जस्तो लागेको छ ।’

कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । र, कोइरालाको स्वास्थ्य अवस्थामा गम्भीर नै छ । ब्लड प्रेसर, पिताबको अवस्थामा स्थिर छ । औषधि दिए रत्ततापलाई १२०/५० मा ल्याइएको छ ।

शशांकको उपचारमा नेपालमा उपलब्ध विशेषज्ञ डाक्टरहरुको टिम नै खटिएको छ । डा. भगवान कोइराला, उपेन्द्र देवकोटा, अर्जुन कार्की, शशांक पत्नी सुपात्रासहित १५/२० जना डाक्टरहरु संलग्न छन् ।

कोइरालाको अवस्था गम्भिर छैन भन्न नसक्ने भन्दै डा. जोशीले भने, ‘भोलि विहानसम्म यहि अस्वस्थामा राख्न सक्यौं भने भोलिबाट अलिकति आशावादी हुन सक्छौं ।’ भेन्टिलेटरको पावर र प्रेसर बढाउने औषधि कम गर्न सकियो भने मात्र सुधार भन्न सकिने उनेल बताए । उनले भने, ‘अहिलेलाई उपलब्धि भनेको स्थिर राख्न सक्नु हो ।’

शरीरको अधिकांश भागमा संक्रमण

अस्पतालका अनुसार निमोनिया कारण कोइरालाको शरीरको अधिकांश भागमा संक्रमण फैलिएको छ । चिकित्सकीय भाषामा यसलाई ‘सेप्टिक शक’ भनिन्छ । यसले उनको धेरै अंगमा समस्या देखिएको छ ।

महामन्त्री डा. कोइरालालाई निमोनिया भएकाले श्वासप्रश्वासमा सहज होस् भनेर छातीमा ट्युब राखिएको छ । मिर्गौला र कलेजोमा पनि सामान्य समस्या देखिएको छ ।

सबै औषधिको म्याक्सिजन डोज दिइएको छ । ‘दिँउसो किड्नी र लिभरमा अलिकति असर छ भनेको थिएँ । रगतको अहिलेको रिपोर्टहरुमा किड्नीमा केही सुधार आएको छ’ डा. जोशीले भने, ‘बढेको देखिएको लेभल नियन्त्रणमा आएको छ र घट्न सुरु भएको छ । पर्याप्त पिसाव भइरहेको छ । युरिन सन्तोषजनक अवस्थामा छ ।’

उपचारमा औषधिको मात्र कम गरिएको छैन भने परिर्वतन र थप गर्नु परेको छैन । ‘यसलाई हामीले सन्तोषजक भनेका छौं । सुधार भन्न सक्दैनौं’ डा. जोशीले भने ।

बाहिर लैजाने अवस्था छैन

डा. जोशीले शशांकलाई अहिलेकै अवस्थामा उपचारका लागि बाहिर लैजाने स्थिति नभएको बताए । ‘हामीले लैजाने नलैजाने भन्न मिल्दैन । एयर एम्बुलेन्स पुरै सुसज्जीत भएर आउँछ र उताबाट आउने टिमले हेरेर एक-डेढ घण्टा उडाएर लैजान सकिन्छ भन्छ भने लैजान सक्छन् । हामीले रोक्दैनौं,’ डा. जोशीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment