Comments Add Comment

रोकिएन बेंग्लोरको हारको शृंखला, चौथो खेलमा पनि पराजित

Photo Credit : आईपीएल

२० चैत, काठमाडौं । कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार चौथो हार ब्यहोरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा बेंग्लोर राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएको हो । १५९ रनको चुनौती पछ्याएको राजस्थानले निर्धारित ओभर सकिन एक बल बाँकी छँदा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

राजस्थानका लागि जस बट्लरले ५९ रन बनाउँदा स्टेभन स्मिथले ३८ र राहुल त्रिपाठीले अविजित ३४ रन बनाए । बलिङतर्फ युजविन्द्र चाहलले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १५८ रन बनाएको थियो । बेंग्लोरका लागि पार्थिव पटेलले ६७ रन बनाएका थिए । मार्कुस स्टोइनिसले अविजित ३१ रन बनाउँदा कप्तान विराट कोहलीले २३ र मोइन अलीले अविजित १८ रन बनाए ।

बलिङतर्फ श्रेयस गोपालले तीन विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै एक ओभर मेडन राख्दै मात्र १२ रन खर्चिएर तीन विकेट लिएका थिए ।

लगातार चौथो खेलमा पनि पराजित भएपछि बेंग्लोर आईपीएलमा अंकविहीन बनेको छ ।

यसअघि पहिलो खेलमा चेन्नाई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको बेंग्लोर दोस्रो खेलमा मुम्बईसँग मात्र ६ रनले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा भने सनराइजर्स हैदरावादसँग बेंग्लोर ११८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment