Comments Add Comment

छापामा आज : प्रदेश २ को एसईई प्रश्नपत्र प्रहरीबाटै ‘आउट’

न्यायाधीश सिफारिसबारे वरिष्ठ अधिवक्ता– न्यायालयलाई खेलौना बनाउन खोजियो

२० चैत, काठमाडौं । बारा र पर्सामा गएको हावाहुरीले मच्चाएको ताण्डवपछिको अवस्था, उद्धार र राहत वितरण आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा छ । आइतबार त्यहाँ गएको हावाहुरीले अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ भने दर्जनौं घाइते छन् । कैयन घर क्षतिग्रस्त छन् ।

न्यायपरिषदले सर्वोच्च र उच्च अदालतमा गरेको १८ न्यायाधीशको सिफारिस र त्यसबारे अधिवक्ताहरुले दिएको प्रतिक्रियालाई पनि पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । यसबाहेक एसईई प्रश्नपत्र आउट प्रकरण, वाइडबडी खरिद अनियमितता छानबिनलगायत विषयलाई पनि आजका पत्रिकाहरुले उठाएका छन् ।

‘महाविनाश कच्ची संरचनाले’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुरले जन–धनको मुख्य कारण कच्ची संरचना भएको औंल्याएको छ । समाचार अनुसार विनाशकारी हुरीले ध्वस्त बारा र पर्साका करिब १९ सय घरमध्ये अधिकांश फुस, खपडा र माटोले बनेका कच्ची संरचना थिए ।

हावाहुरीको ताण्डवहरुको हरिविजोग छ । समाचार अनुसार, हावाहुरीलले सुत्केरी तथा वृद्धवृद्धाको बिचल्ली पारेको छ ।

अन्नपूर्णले राहत वितरण प्रभावकारी हुन नसकेको औंल्याएको छ । उचित राहतको अभावमा पीडितले आफ्ना रात पाखोमा बिताएको अन्नपूर्णले लेखेको छ ।

नागरिकमा हावाहुरी प्रभावित क्षेत्रमा भीआईपीहरुले गरेको निरीक्षणको चिरफार छ । नागरिकका बालकृष्ण अधिकारी लेख्छन् बारा र पर्साका हुरीपीडित यतिबेला उद्धार र राहतको पर्खाइमा भए पनि प्रधानमन्त्रीदेखि प्रमुख दलका नेता भ्रमण गर्नमै व्यस्त छन् ।

हावाहुरीले अस्तव्यस्त जीवन सामान्य बनेको दाबी गोरखापत्रले गरेको छ । गोरखापत्रमै हावाहुरी जानुको कारणबारे पनि एक समाचार छ । समाचार अनुसार ताचो र चिसो हावाको घर्षण नै हावाहुरीको मुख्य कारण हो ।

प्रहरीबाटै प्रश्नपत्र आउट

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्ना देखिएको कान्तिपुरमा समाचार छ ।

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैन र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यद्यपि, यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेको दाबी कान्तिपुरको छ ।

प्रश्नपत्र बाहिरिएलगत्तै राष्टिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेको समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले २ प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो ।

न्यायाधीश सिफारिसमा वरिष्ठ अधिवक्ताको असन्तुष्टि

न्यायपरिषद्ले सर्वोच्च र उच्च अदालतमा गरेको न्यायाधीश सिफारिस विवादमा परेको छ । यसबारे वरिष्ठ अधिवक्ताहरुले नै असन्तुष्टि जायर गरेका छन् ।

कान्तिपुरसँग यसबारे प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता एवं बारका पूर्वअध्यक्ष शम्भु थापाले न्यायलयलाई खेलौना बनाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।

उनले कान्तिपुरसँग भनेका छन्  – पछिल्लो सिफारिसले न्यायालयलाई खेलौना बनाउन खोज्यो । मैले सबैलाई दोष दिन खोजेको छैन । गुण र दोषका आधारमा विवेचना हुनुपर्छ । तर केही नामका कारण न्यायालयको बचेको साख पनि गिर्ने जोखिम भयो । जंगबहादुर राणाले समेत गर्न नसक्ने दुस्साहस भएको छ ।

अर्का वरिष्ठ अधिवक्ता यदुनाथ खनालको टिप्पणी पनि थापाको जस्तै छ । खनालका अनुसार, पछिल्लो सिफारिसले न्यायालयको स्वतन्त्रतामाथि प्रहार भएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment