+
+

मानव तस्करीको श्रीलंकन बाटो बन्द गर्ने सरकारी तयारी

सांसदले साेधेः रोजगार हो कि युवा बेचबिखन मन्त्रालय ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २५ गते १७:३७

shrilanka's-airport
२५ असार, काठमाडौं । पछिल्लो समयमा नेपालबाट रोजगारीका नाममा मानव तस्करले प्रयोग गर्ने नयाँ बाटो बनेको छ, दक्षिण एसियाली मुलुक श्रीलंका ।  विशेषगरी महिलालाई घरेलु र मनोरञ्जन क्षेत्रमा कामदारका रुपमा विभिन्न मुलुकमा अवैधानिक बाटोबाट लैजाने ट्रान्जिट बन्दै गरेको श्रीलंकाबारे बल्ल सरकारले चासो देखाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले श्रीलंका हुँदै नेपाली कामदारहरुलाई अवैधानिक रुपमा विभिन्न मुलुकसम्म पुर्‍याएर अलपत्र पार्ने क्रम रोक्न श्रीलंकासँग सरकारी तहमा छलफल थालेको छ ।

व्यवस्थापिका संसदमा विजियोजन विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले श्रीलंकन सरकारसँग सरकारी टोलीले पहिलो चरणमा वाार्ता गरेर मानव तस्करी रोक्ने काममा सघाउन आग्रह गरेको जानकारी दिए ।

उनले श्रीलंकाको बाटो हुँदै महिला कामदारलाई विभिन्न मुलुकमा पुर्‍याउने क्रमलाई रोक्न सरकारले श्रीलंकन सरकारसँग मिलेर काम गर्न लागेको बताए ।’केही समयभित्रै श्रीलंकाको बाटो भएर नेपाली चेलिबेटी अन्य मुलुक पुग्ने क्रम रोकिने छ’ मन्त्री बोहोराले भने-‘केही समयभित्रै श्रीलंकाको बाटो बन्द हुनेछ ।’

मन्त्री बोहोराले घरेलु महिला कामदारको सुरक्षामा सरकार गम्भिर रहेको बताए । उनले नयाँ घरेलु कामदाररबारेको निर्देशिकामार्फत महिलाहरुलाई विदेश पठाउँदा न्युनतम् ३ सय डलर तलव दिनैपर्ने, आफ्नै मोबााइल राख्न दिनुपर्ने, उनीहरुलाई सम्झौता अनुरुप तलव नदिए म्यानपावर जिम्मेवार हुनुपर्ने लगायतका व्यवस्था गरिएको बताए ।

मन्त्री बाोहोराले मलेसियासहित अन्य ६ खाडी मुलुकमा लागू गरिएको फ्री भिसा र टिकटको व्यवस्था कार्यान्वयनमा समस्या परेको बताए ।
तर, कसैको दबावमा त्यसलाई फिर्ता लिनो पक्षमा आफू नरेको उनले स्पष्ट पारे ।

‘म्यानपावरहरुले तोकिएको शुल्क भन्दा बढी लिएर कामदारलाई ठगेको सत्य हो’ उनले भने-‘दोषी पाइएकालाई कारवाही गर्न सरकार प्रतिवद्ध छ । यस्तै नयाँ वैदेशिक रोजगार ऐनमा यस्ता म्यानपावरलाई कारवाही गर्न कडा खालको व्यवस्था प्रस्ताव गर्नेछौं ।’

विधयेक माथिको छलफलका क्रममा सांसद अनुराधा थापाले श्रम मन्त्रालयको नाम परिवर्तन गरेर युवा बेचबिखन मन्त्रालय राख्नुपर्ने चर्चाबारे सरकारको धारणा मागिन् ।

विधयेक माथिको छलफलका क्रममा सांसद अनुराधा थापाले श्रम मन्त्रालयको नाम परिवर्तन गरेर युवा बेचबिखन मन्त्रालय राख्नुपर्ने चर्चाबारे सरकारको धारणा मागिन् ।

जवाफमा श्रममन्त्री बोहोराले अहिले रोजगारीका लागि अर्काको देशमा गएर ठगिनुपर्ने कुरा सुखद नभएको बताए । तर, अब मुलुकले आर्थिक विकासमा गति लिएपछि सबै युवाले नेपालमै पसिना बगाउने अवस्था आउनेमा उनले विश्वास व्यक्त गरे ।

छलफलमा भाग लिने सांसदहरुले फ्री भिसा भनिएपनि अझै लाखौं बुझाँउदै १० हजारको रसिद लिएर युवा विदेश गइरहेको, ठगी गर्ने म्यानपावरलाई कारवाही गर्न सरकारले चासो नदिएको लगायत दर्जनौं विषय उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?