Comments Add Comment

नवलपरासी सेवा समाज युएर्इको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

Uae_picni (2)गत शुक्रबार नवलपरासी सेवा समाज युएई द्वारा आयोजित बनभोज तथा भेटघाट कार्यक्रम दुबई सहरको मुटु मानिने जेबिल पार्कमा सम्पन्न गरेको छ । युएर्इमा रोजगारीका क्रममा रहेका जिल्लाबासीबीचको एकता र चिनजानका लागि बनभोज तथा भेटघाट कार्यक्रम राखिएको थियो ।

समाजको निमन्त्रणलाई स्विकार गर्दै उपस्थित भएर कार्यक्रमलाई  रमणीय बनाउन सहयोग गर्नु भएको  मा सम्पूर्ण  जिल्लावाशी दाजुभाइ दिदी बहिनी हरू, बुद्धिजिबी, एबं  विभिन्न सस्थाका प्रमुख  पर्तिनिधिप्रमुख  हरू, पत्रकार हरू, ब्यव्सायीहरु , कलाकारहरू सम्पुर्ण सबैमा यो सस्था नवलपरासी सेवा समाज युएईले हार्दिक कृतिज्ञता प्रकट गरेको छ ।

राष्ट्रिय गानबाट सुरू गरिएको बनभोज कार्यक्रममा प्रमुख अतिथी को रूप मा लुम्बिनी वेल्फेर आइसिसीका अध्यक्ष श्री डि एल शर्मा रहेका थिए ।

त्यस्तै अन्य अतिथिहरूमा रेखा गौतम , जिबन शर्मा , नेत्र नारायण थनेत ,सुर्य पाण्डे ,नरेन्द्र गिरि तथा अन्य संग सस्थाका प्रतिनिधीहरुको उल्यख्य उपस्थित रहेको थियो । कार्यक्रम को सभापतित्व सस्था का अध्यक्ष श्री भिम बहादुर हमालले गरेका थिए । बनभेजमा उपस्थितहरूलाइ स्वागत रेखा गौतमले गरेकी थिइन् ।

त्यस्तै स्याङजा सहयोग समाजका उपाध्यक्ष श्री जीवन शर्मा, नवलपरासी सेवा समाज का सल्लहकार श्री सुर्य पाण्डे , नवलपरासी सेवा समाज कै प्रमुख सल्लाह्कार श्री नेत्र नारायन थनेत जि , लुम्बिनी वेलफेर का श्री नरेन्द्र गिरि जस्ता बक्ताहरूले सस्था को कार्य बारे प्रकाश पारेका थिए । काममा सधै व्यस्त रहने नेपाली बनभोज कार्यक्रममा रमेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment