Comments Add Comment

पलले ‘जोनी जेन्टलमेन’ खेल्दै, तर लुक किन सार्वजनिक गर्दैछन् ?

pal shah in long hair
चलचित्रमा लुक परिवर्तन गरेर काम गर्न त्यती सहज छैन । मुख्यकुरा जुन उद्देश्यले लुक परिवर्तन गर्न लागिएको हो, त्यो नै सार्वजनिक भयो भने दर्शकमा कौतुहलता रहँदैन ।

चलचित्र ‘नाई नभन्नु ल ४’मा देखिएका मोडल पल शाह अब आफ्नै दाजुको प्रोजेक्टमा देखिने भएका छन् । म्यूजिक भिडियो निर्देशक नीतिन चन्दले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘जोनी जेन्टलमेन’मा पलले काम गर्ने पक्का भैसकेको छ । निर्देशक चन्दले पलले यो चलचित्रमा कपाल पाल्ने र लुक परिवर्तन गर्ने स्पष्ट पारेका छन् । पलले पनि ‘नाई नभन्नु ल ४’पछि आफूले काम गर्ने नयाँ चलचित्रमा लुक परिवर्तन गर्ने बताएका थिए ।

यसैका लागि पल अहिले कपाल पालिरहेका छन् । तर, उनले आफ्नो लुक परिवर्तन गर्ने बताएपनि यसलाई लुकाउने कुनै चेष्टा गरेका छैनन् । पलले चलचित्रका लागि पालिरहेको कपालमै म्यूजिक भिडियो खेलिरहेका छन् । यसले उनले जुन उद्देश्यले कपाल पालिरहेका छन्, त्यो चलचित्र छायांकन अगावै सार्वजनिक भैरहेको छ । निर्देशक नीतिन चन्दले पनि यो कुरा स्विकार गर्दै पलले अहिले नै लुक सार्वजनिक गर्न नहुने बताए ।

चलचित्र ‘नाई नभन्नु ल ४’ गरेपछि भने लगालग म्यूजिक भिडियोमा काम गर्दा पलको क्रेज बन्न सकेको थिएन । यसपटक पनि पलले आफ्नो क्रेज बनाउन सकेनन् भने, उनको चलचित्र करिअर उकालो लाग्न गाह्रो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment