Comments Add Comment

युएईको अस्पतालमा मृत्युसँग जुधिरहेका लामाद्वारा सहयोगको अपील

UAE

दुबई- युएईमा क्रियाशील अधिकांश नेपाली सामाजिक संघसंस्थाको विधानको प्रस्तावनामै ‘विपतमा परेका नेपालीहरुको उद्धार गर्ने’ भन्ने वाक्यांश अनिवार्य रुपमा राखिएको हुन्छ । तर, करिब तीन महिनाअघि दुर्घटनामा परी उपचाररत निर्मल लामा दुबईको रसिद अस्पतालमा सहयोगीको बाटो हेर्दै बसेका छन् ।

सर्लाही बयलबासका निर्मल लामा ६ वर्षदेखि युएईको योर्क होटलमा नृत्य प्रशिक्षकको काम गर्दै आएका थिए । नृत्यको अभ्यास गर्ने क्रममा गत अपि्रल ८ मा उनी जमिनमा पछारिए । उनको जिउको ब्यालेन्स बिगि्रयो । खुट्टाले टेक्न भ्याएनन् । उठ्न नपाई उनी फेरि ढले । एम्बुलेन्स बोलाइयो, अस्पताल पुर्याइयो । आइसियुमा राखियो ।

उनको गर्धनको हड्डी भाँचिएको छ । भाँचिएर नशा च्यापिएको छ । हातखुट्टा केही चलेका छैनन् । कम्मर मुनिको भाग अझै चल्दैन । दुबईको रसिद अस्पतालको ट्रमा सेन्टरको २७ नम्बर वार्डमा निर्मल अचेत अवस्थामा छन् । उनको तुरुन्त शल्यक्रिया गरिएको थियो । गर्धनमा स्टिल राखेर अस्पतालको शैयामा मृत्युलाई जित्ने प्रयास गर्दै छन् ।

लामाको रेखदेखका लागि कम्पनीले निर्मलका भाइलाई ३ महिनाको भिसामा दुबई त ल्याइदियो तर दुबईमा हुने खर्च कसरी जोहो गर्ने उपाय निस्केको छैन । निर्मलका साथी आदित्य भन्छन्, ‘कम्पनीका मालिक अहिलेसम्म निर्मललाई भेट्न र हेर्नलाई आएका छैनन् ।’

आदित्यका अनुसार गत ३ हप्ता अघि निर्मलको उपचार खर्च १ लाख ९ हजार दिराम्स -नेपाली करिब ३८ लाख रुपैयाँ) पुगेको थियो । अब त बढेर १ लाख ५० हजार (नेपाली करिब ४५ लाख रुपैयाँ) पुगिसक्यो होला, कसरी कसले तिर्ने हो केही थाहा छैन,’ उनले अन्योलता प्रकट गरे ।

युएईमा नेपालीहरुका करिब सय वटा सामाजिक संस्था छन् । बिरामी लामाका अनुसार कोही पनि संस्थागत रुपमा आएका छैनन् । यस घटनाको विषयमा पत्रकार त्रिलोचन कोइरालाले सबैभन्दा पहिला समाचार लेखेर सहयोगको अपिल गर्दा पनि कसैले चासो दिएनन् ।

त्यसपछि अन्तर्राष्ट्रिय कलाकार समाजका ईनास कुशल बुचाले सामाजिक सञ्जाल मार्फत् उनको बारेमा सहयोगको अपील गरेका थिए । तर, युएईमा स्थापित सबैभन्दा पुरानो संस्था नेपाली समाज, युएई, विश्वभरि सञ्जाल भएको एनआरएन तथा कुनै पनि राजनीतिक दलहरुका भातृ संगठनलाई बुचाको अपिलले छोएन ।

पछिल्लो पटक इनासकै राम तामाङले फेसबुक मार्फत् सहयोगको अपिल गरेका छन् । यो समाचार तयार पार्दासम्म करिब ३ हजार दिराम्सको प्रतिबद्धता आएको छ । प्रतिबद्धता गरिएको रकम मध्येपनि सबै संकलन हुन सकेको छैन ।

त्यसो त ३ महिना भन्दा बढी अस्पतालको शैयामा रहँदा पनि त्यसको जानकारी नेपाली दूतावासलाई छैन । अहिले सम्म दुबईमा रहेका नेपालीका कुनै पनि सामाजिक संस्थाको नजरमा नपरेका निर्मल लामा सहयोगी व्यक्ति तथा युएईमा क्रियाशील सामाजिक संस्थाको बाटो हेर्दै बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment