+
+

माओवादीले बजेट पारित गर्न सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २९ गते १६:४०

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि बजेट पारित गर्न भने सघाउने भएको छ ।

Maoist-Center Flagबुधबार संसद भवन नयाँबानेश्वरमा बसेको माओवादी संसदीय दलको बैठकले बजेट पारित गर्न अवरोध नगर्ने निर्णय गरेको हो ।

माओवादी नेता गिरिराजमणि पोख्रेलले अनलाइनखबरसँग भने, ‘हामीले अविश्वासको प्रस्ताव दर्ता गरायौं । बजेट पारित गर्न दिन्छौं तर त्यसअघि एमालेसँग हाई लेभलमा छलफल गर्ने निर्णय भएको छ ।’

कांग्रेस र माओवादीले संसद बैठकमा बुधबारै अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सचेतक इश्वरी न्यौपानेका अनुसार अविश्वासको प्रस्तावमा २ सय ५४ जनाको हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?