Comments Add Comment

केसीलाई चिकित्सक खटाउँन अस्पतालले माग्यो जिल्ला प्रशासनसँग अनुमति

Dr-govinda-kc३० असार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल प्रशासनले ‘आमरण अनशन’ रहेका प्राध्यापक डा. गोविन्द केसीको गिरावट हुँदै गएको स्वास्थ्यमा निगरानी र आवश्यक उपचारका लागि विशेषज्ञ चिकित्सक खटाउन जिल्ला प्रशासनसमक्ष सुझावका साथ अनुमति मागेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले उक्त आसयको पत्र बुधबार जिल्ला प्रशासनसमइा पठाएका छन् । र बिहीबारसम्म त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासनले डा. केसीलाई अनशन नगर्न र अस्पताल प्रशासनलाई अनशनमा सहयोग नगर्न दिएको निर्देशनको पृष्ठभूमिमा यो पत्र पठाइएको डा. महराले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

विद्यामान तनाव डा. केसीको स्वास्थ्यवारे मानवअधिकार आयोगको चासो र उनका पक्षधर रिजिडेन्ट चिकित्सकहरुबाटै उनको स्वास्थय निगरानी भइरहेको अवस्था रहे तापनि आफ्ना वरिष्ठ चिकित्सकको स्वास्थयप्रति संवेदनशील बन्नु संस्थाको दायित्व रहेको आत्मसात गर्दै उक्त पत्र पठाइएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment