Comments Add Comment

दुई दलित परिवार बहिस्करणमा

३१ असार, महोत्तरी । जिल्लाकै एक ग्रामीण बस्तीमा दलित समुदायमा दुई दलित परिवारको भातपानी काटिएको छ ।

mahotari_mapभातपानी काटिएकोमा एकडारा बेला–५ का झगरु पासमान र सोही ठाउँ निवासी उगनारायण पासमानको परिवार रहेका छन् ।

विगत पाँच वर्षदेखि भात पानी काटिएका स्थानीय सुरेश पासमानलाई समाजमा मिलाउनु होस् भनेपछि यिनीहरुलाई पनि बहिस्करणमा पारिएको दुवै परिवारको गुनासो छ । उनीहरु गाउँमा आफ्नो जग्गासम्बन्धी विवाद समेत अदालतमा चल्दै गरेकाले पनि विपक्षीले समाजलाई उक्साएर आफूहरुलाई बहिस्करणमा पारेको आरोप लगाउँछन् ।

उगनारायण पासमानकी श्रीमती सोशिला देवीका अनुसार हप्ताको प्रत्येक शुक्रबार हुने सल्हेश महाराजको पूजामा समेत आफ्नो परिवारलाई नजान गाउँका पञ्चले उर्दी जारी गरेका छन् । पासमान जातिका पञ्चले ती परिवारलाई कुनै पनि जातीय कार्य तथा भोजभतेर तथा विवाह र संस्कारमा अब उप्रान्त सहभागी नहुन समेत भनेका छन् ।

समाज विकासतर्फ उन्मुख भइरहेका बेला अझै जातीय नीति नियम र फैसलाले मानिसको सामाजिक अधिकार कुण्ठित भइरहेकाले सरोकारवाला यतातिर गम्भीर हुनु आवश्यक देखिएको छ ।

हाल न्यायका लागि सदरमुकाममा भाैंतारिइरहेका दुवै परिवार समाजले बिनाकारण दिएको सजायले आफूलाई अपमानित गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment