Comments Add Comment

युएईमा निधन भएका झापालीका परिवारलाई आर्थिक सहयोग

jhapali-samaj-uae
युइई । एकता, सहयोग र सहकार्यको मूलमन्त्र लिएर गठन भएको झापाली समाज यूएईले विभिन्न समयमा युएईमा निधन भएका झापालीहरुका परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ ।
असार ३० गते झापाको विर्तामोडमा एक कार्यक्रम गरेर तीन परिवारलाई तीन लाख २ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

भिजिट भिसामा रहेका बेला युएईमा गत १६ जुनमा निधन भएका धाइजनका २० वषिर्य विशाल मेचेको परिवारलाई झापाली समाज युएईको पहलमा २ लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरिएको हो ।

उक्त राहत मृतकका बुबा मोहन मेचेले विर्तामोडको अतिथि सदनमा आयोजित एक कार्यक्रममा ग्रहण गरेका हुन् । त्यसरी नै गत महिनामात्र रोजगारीकै क्रममा रहेका बेला युएईमै निधन भएका मेचीनगरका प्रकाश सुब्बा र चन्द्रगढीका लभ सुवेदीको परिवारलाई सोही कार्यक्रममा समाजले ५१/५१ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले जानकारी दिएका छन् ।

समाजका केन्द्रीय सदस्य मित्रलाल पोखरेलको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको संयोजन नेपाल प्रतिनिधि भुपाल शिवाकोटीले गरेका थिए । मिरा भण्डारीले स्वागत मन्तव्य प्रकट गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment