Comments Add Comment

गर्भावस्थामा सम्भोग ? यी हुन् फाइदा

sexधेरै महिलाहरु गर्भवती भएको बेला यौन सम्पर्क गर्न हिच्किचाउँछन् वा खासै मन गर्दैनन् । गर्भावस्थामा गरिने यौन सम्पर्कले गर्भको बच्चा तथा आफ्नो समेतस्वास्थ्यमा नकारात्मक असर पूराउने आशंका उनीहरुमा हुन्छ । तर डाक्टरहरु भने महिलाको गर्भावस्था तथा गर्भावस्थाको स्वास्थ्यमा समस्या नरहेमा र संसर्गका बेला दुखाइ महसुस नहुनेे अवस्था भएमा शारीरिक सम्पर्क कायम गर्नु हानिकारक हुँदैन ।

यौन सम्पर्कका कारण गर्भको बच्चामा असर नपुग्ने विज्ञको भनाई छ । भ्रूणको थैली र गर्भाशयका मांशपेशीले गर्भको शिशुलाई सुरक्षा प्रदान गरिरहेका हुन्छन् ।

यी मांशपेशीले गर्भासय सम्मको बाटो थुनिदिएका हुन्छन् जसका कारण भ्रुणसम्म संक्रमण फैलिन पाउँदैन । यसका लागि पुरुषको लिंग चाहे जति नै लामो किन नहोस् त्यो गर्भाशयसम पुग्न सक्दैन । गर्भावस्थामा यौन सम्पर्कका बेफाइदा त हुने कुरै भएन यसका विभिन्न खाले फाइदा चाहीँ हुन्छन्, जो निम्नानुसार छन्:

· उच्चतम यौन सन्तुष्टि । महिलामा चरम आनन्दको प्राप्तिमा सहजता हुने ।

· गर्भावस्थामा धेरै महिलालाई चिन्ता हुन्छ की यौन सम्पर्क नगर्ने कारणले पतिसँगको अन्तरंग सम्बन्धमा कतै अड्चन आउने त होइन ? यस्तो अवस्थामा नियमित यौन सम्पर्कले आपसी सम्बन्धलाई प्रगाढ बनाउँदछ । सेक्सका बेला उत्सर्जन हुने अक्सिटोसिन हर्मोनका कारण पति पत्नीबीचको सम्बन्ध आत्मीय तथा प्रेमपूर्ण बन्दछ ।·गर्भावस्थाको बेला हुने यौन सम्पर्कले महिलामा शान्ति तथा सन्तोष प्राप्त हुन्छ । जसका कारण उनीहरुलाई पर्याप्त निद्रा पर्दछ र रक्तचाप सन्तुलित गर्न पनि सहयोग गर्दछ ।

· गर्भावस्थामा बेहोस हुने समस्या भएका महिलाहरुका लागि पुरुषको विर्यमा हुने प्रोटिनले फाइदा गर्दछ  र यसले महिलामा विशेष एन्टीबडी उत्पादन गरी गर्भावस्थामा बेहोस हुने समस्या क मगर्दछ ।

यावत फाइदाका बाबजुत पनि गर्भावस्थाको सम्भोगका बेला अधिक सावधानी भने अपनाउनु पर्दछ । पेटमा हुर्किरहेको बच्चामा दबाब नपरोस्, नथिचिओस् भन्नका लागि सम्भोगासनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment