Comments Add Comment

बालबच्चालाई जंकफुड होइन, चोकरयुक्त खानेकुरा

अहिले हाम्रा छोराछोरीको खान्की के छ ? मम, चाउमिन, बिस्कुट, ब्रेड, चिप्स । यी अधिकांश खानेकुरामा मैदाजन्य हुन् । मैदाजन्य परिकार धेरै छन् र स्वादिलो पनि लाग्छ । तर, स्वास्थ्यका लागि त्यती फाइदाजनक छैन ।

मैदाजन्य परिकारकै कारण उनीहरुमा मोटोपन, मधुमेह जस्ता अनेक समस्या देखापर्ने गर्छ । जबकी उनीहरुलाई स्वस्थ्य, तन्दुरुस्त राख्ने हो भने चोकुरयुक्त वा फाइबरयुक्त खानेकुरा दिनुपर्छ ।

तपाईं/हामीलाई थाहै छ, फाइबरको मुख्य स्रोत मानिने चोकरलाई अंग्रेजीमा ब्रान पनि भनिन्छ । यसको नियमित सेवनले पेट सफा हुनुका साथै भोक लाग्ने गर्छ । यसको सेवनले कब्जियतको समस्या समेत कम हुन थाल्छ । त्यसैले, कब्जियतको समस्या हुने व्यक्तिले चोक्करलाई महत्वका साथ सेवन गर्नुपर्छ । किनकी हामीले खाने खानामध्य बचेको अंगलाई मलको माध्यमद्वारा बाहिर निकाल्न चोक्करले सहायता प्रदान गर्छ ।

के हो चोकर ?

गुहँको ब्रोकालाई नै चोकर भनिन्छ । यसमा सागसब्जीमा पाइने भन्दा धेरै रोग प्रतिरोधात्मक शक्ति हुन्छ । यसमा आइरन, क्याल्सियम तथा भिटामिन ‘बी’ पनि पर्याप्त पाइन्छ, जसले शरीरमा रगतको मात्रा बढाउनसका साथै हड्डी मजबुत बढाउन तथा भोक बढाउन सहायता प्रदान गर्छ ।

आटामा चोकरजरुरी छ ?

आटामा चोकरहुन निकै जरुरी छ । किनकी यसको सेवनले पेट सफा हुन्छ । आटामा रहेको चोक्करलाई कहिल्यै फाल्नु हुँदैन । बरु चोक्करलाई नरम बनाउन आटा मुछेर केही समय राख्न सकिन्छ ।

चोक्करको फाइदा र उपयोगिता

नेपालका अधिकांश मानिस अपच र कब्जियतको समस्याबाट पिडित छन् । यो समस्या कम गर्न पनि त्यस्ता व्यक्तिलाई औषधी सेवन गर्नैपर्ने बाध्यता छ । जबकी योगासgm, प्राणायात तथा चोक्करको नियमित सेवनद्धारापनि यो समस्यालाई जडै देखि कम गर्न सकिन्छ ।

चोक्करको लड्डु

चोक्करलाई तावामा सकेर चिसो भएपछि यसमा किसमिस, मुनक्का दाख, खजुरु तथा गुड मिसाएर मज्जाले पिसेर लड्डु बनाउन सकिन्छ ।

पेट सफा गर्न

पेट सफा गर्नका लागि चोक्करलाई पानीमा राम्ररी पखालेर मधुरो आचमा भुट्नु पर्छ । त्यसपछि यसमा थोरै गुड  र किशमिश मिलाएर खाना खाने बेलामा दुई-दुई चम्चा सेवन गर्नुपर्छ । यसले पेट राम्ररी सफा हुन्छ ।

चोक्करको हलुवा

चोकरको हलुवा बनाउन एक गिलास उमालेको पानीमा गुड तथा मरमसला हालेर राम्ररी घोल्नुपर्छ । अब यसमा सफा गरेको तथा सेकेको ५० ग्राम चोक्करलाई करिब दश मिनेटसम्म उमाल्नुपर्छ । यसपछि यसमा दुई चम्चा घिउ हालेर निकाल्नु पर्छ । यसमा किसमिश पनि हाल्न सकिन्छ  ।

यसरी तयार पारिएको हलुवा सुपाच्य तथा स्वादिलो हुनुका साथै पौष्टिक पनि हुन्छ । यसको सेवनले कब्जियतको समस्या क्रमश कम हुँदै जान्छ ।

चोकरको पेय

चोक्करको पेय बनाउन पचास ग्राम चोकरलाई आधार लिटर पानीमा भिजाउनु पर्छ । विहान यसलाई छानेर यसमा दुई चम्चा मह मिसाएर यो घोललाई पिउनु पर्छ । चाहनुहुन्छ भने यसमा घिउ वा मिश्री पनि मिसाउन सकिन्छ । यो पेयको सेवनले रगतको कमी, क्याल्सियम तथा आईरनको कमी कम गरेर रक्तअल्पत्ता, हड्डी कमजोर हुने समस्या तथा दुब्लोपना हुनबाट जोगाउँछ ।

फाइबरबारे जान्नै पर्ने कुरा ?  

-जुसको सट्टा ताजा फलफूलमा रेशाको मात्रा धेरै हुन्छ ।

-फलफूलको सेवन गदाए ब्रोका सहितको फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्छ ।

-साबुत अनाज र चोक्करयुक्त आटा पेटको लागि निकै लाभकारी छ ,

-फाइबरको मात्रा बढाउँदा पानीको मात्रा बढाउन पनि उत्तिकै जरुरी छ ।

-अंकुरित दाल तथा गेडागुडीको सेवन नियमित गर्ने ।

-प्राकृतिक फाईबरमा पोषणको मात्रा धेरै हुन्छ ।

-चना, मकैलाई तेलमा पकाउनु भन्दा भुटेर खाँदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment