+
+
Shares

१२४७ मा कल गरेर साइबल तथा डिजिटल वित्तीय ठगीको उजुरी गर्न सकिने

नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते २०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीका उजुरी र गुनासो तत्काल सम्बोधनका लागि १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
  • राष्ट्र बैङ्कले प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ।
  • राष्ट्र बैङ्कले अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार र डिजिटल भुक्तानी ठगीको जानकारी तथा उजुरी १२४७ मा दिन सकिने जनाएको छ।
  • राष्ट्र बैङ्कले ठगीमा परेपछि तत्काल १२४७ मा जानकारी गराउन र बैंक तथा भुक्तानी सेवा प्रदायकलाई खबर गरी खाता र डिजिटल वालेट सुरक्षित राख्न आग्रह गरेको छ।

३ मङ्सिर, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ ।

उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा ‘डिजिटल’ भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन तथा उजुरी गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले यस्ता ठगीमा परेमा तत्काल उक्त नम्बरमा सम्पर्क गरी जानकारी गराउन र उक्त केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

त्यसैगरी, ठगीमा परेमा आफ्नो बैङ्क तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैङ्क खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?